फाेटाे फिचर
-
६ मंसिर २०८१, बिहीबार १२:१८मुग्लिन पोखरा सडकमा अन्तिम कालोपत्रे
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक सत्रसय खण्डमा अन्तिम कालोपत्रे गरिँदै । सडक विस्तार योजनाले एक हप्ताको अवधिमा २.४ किलोमिटर खण्डमा अन्तिम कालोपत्रे गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ मंसिर २०८१, बुधबार १३:०५मानहुँकोटको सुन्तला दमौली बजारमा
तनहुँको व्यास नगरपालिकाको मानहुँकोट क्षेत्रमा उत्पादित सुन्तला दमौली बजारमा खरिद बिक्री गरिदै । दमौलीमा मानहुँकोटको सुन्तला प्रतिकिलो १४० रुपैयाँमा खरिद बिक्री भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ मंसिर २०८१, बुधबार १२:५८घरबासमा पाहुनालाई स्वागत
तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित हर्षपुर घरबासमा आउनु भएका आन्तरिक पर्यटकलाई गीत र नाचबाट स्वागत गर्दै स्थानीय कलाकारहरु । पछिल्लो समय यस घरबासमा पर्यटकको आकर्षण बढ्दै गएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ मंसिर २०८१, बुधबार १२:५२दमौलीमा घर भत्काइदै
पृथ्वीराजमार्ग विस्तार योजना अन्तर्गत तनहुँको दमौली बजारमा सडक सिमा क्षेत्राधिकारभित्र पर्ने घर भत्काइदै। बजार क्षेत्रमा छ लेनको सडक विस्तार गर्ने भनिएपनि दमौली बजारमा सडकको मध्यविन्दुबाट दायाँबायाँ २३/२३ मिटर कायम रहने गरी सडक विस्तारको काम अगाडि बढाइएको छ । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ मंसिर २०८१, मंगलवार १३:४०कोदो टिप्दै किसान
धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित ससाहका किसान बारीमा पाकेको कोदो टिप्दै । कोदोखेतीबाट राम्रो आम्दानी गर्न सकिने हुँदा यहाँका किसान कोदो खेतीमा आकर्षित भएका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
४ मंसिर २०८१, मंगलवार १३:३६भुर्तेललाई क्लवको क्यानभास हस्तान्तरण
नेपाल प्रिमियर लिग खेल्ने पोखरा एभेन्जर्सका खेलाडीलाई सम्मान तथा स्वागतका लागि तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ क्रिकेट संघले सोमबार दमौलीमा आयोजना गरेको कार्यक्रममा क्लवको क्यानभास आर्ट खेलाडी कुशल भुर्तेललाई हस्तान्तरण गर्दै चित्रकार पवन नेपाली । तस्बिर : रासस
पुरा पढ्नुहोस -
३ मंसिर २०८१, सोमबार १२:३९बन्दीपुरस्थित तीनधारा क्षेत्र
पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित तीनधारा क्षेत्र । बन्दीपुर बजार क्षेत्रको खानेपानीको मुख्य स्रोतका रुपमा रहेको तीनधारा क्षेत्र ऐतिहासिक र पर्यटकीय महत्वको रहेको हुँदा गाउँपालिकाले वनभोजस्थलको रुपमा विकास गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ कार्तिक २०८१, शनिबार २१:४३लेकको साग बेसीमा
तनहुँको आँवुखैरेनी गाउँपालिका–५ लाब्दीमा उत्पादित रायोको साग गाउँपालिकाले आँवुखैरेनीमा सञ्चालन गरेको कृषि हाटबजारमा बिक्रीका लागि ल्याएका स्थानीय कृषक । छिम्केश्वरी लेकमा उत्पादित उपज बेसमा सञ्चालित हाटबजारमा राम्रो मूल्यमा खरिदबिक्री हुने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ कार्तिक २०८१, शुक्रबार ११:५६खेलाडीलाई सम्मान
तनहुँको व्यास नगरपालिका–२ बागबजार युवा क्लबले बिहीबार दमौलीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमका खेलाडी विमला विकलाई सम्मान गर्दै क्लबका अध्यक्ष सुदीप गफ्फार । क्लबले विकलाई नगद रु १० हजारसहित सम्मान गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस