फाेटाे फिचर
-
१३ बैशाख २०८३, आईतवार १२:५३तरकारी बजार पठाउने तयारी
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित मोचाबारीमा सञ्चालनमा रहेको आई.पि.एम. (एकीकृत कीट व्यवस्थापन) कृषक पाठशालामा आवद्ध कृषकहरुले उत्पादन गरेको तरकारी बजार पठाउने तयारी गरिदै । आई.पि.एम.ले कृषिमा सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गरेको छ । सिकाइ, सहकार्य र मिहिनेतलाई एकैसाथ जोड्दै सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय…
पुरा पढ्नुहोस -
१३ बैशाख २०८३, आईतवार १२:४७आर्थिक गणना
तनहुँको व्यास नगरपालिका–१३ छापडाँडा टोलका बासिन्दाको आर्थिक गणना गर्दै गणक । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रब्यापी रुपमा भइरहेको ‘राष्ट्रिय आर्थिक गणना २०८२’ बैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिदैछ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ बैशाख २०८३, बुधबार १३:१३व्यास एकीकृत घुम्ती शिविर
तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा मंगलबार आयोजित एकीकृत घुम्ती शिविरमा सेवाग्राहीलाई राष्ट्रिय परीचयपत्र हस्तान्त्ररण गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपाने । शिविर शुभारम्भ गर्दै नगर प्रमुख न्यौपानेले जनताको सहजताका लागि वडामै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । नगरबासीलाई घर गाउँमै विभिन्न सरकारी सेवा उपलब्ध…
पुरा पढ्नुहोस -
८ बैशाख २०८३, मंगलवार १५:४४सुरु भयो विद्यालय भर्ना
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पवित्र माध्यमिक विद्यालयमा सोमबार बालबालिका भर्ना गराउन आएका अभिभावक । गाउँपालिकाले वैशाख ३ गतेदेखि विद्यालय भर्ना अभियान सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ बैशाख २०८३, मंगलवार १५:२४सेलरोटीको व्यापार
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको सोमबारे कृषि हाटबजारमा बिक्रीका लागि सेलरोटी पकाउँदै स्थानीय एक महिला । गाउँपालिकाले हाटबजार सञ्चालन गरेपछि स्थानीयस्तरमा उत्पादित कृषि उपज बिक्रीवितरणमा सहज हुनुका साथै उत्पादक र उपभोक्ताहरु बीच प्रत्यक्ष खरिदबिक्री हुने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ बैशाख २०८३, सोमबार १३:०३बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि
तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत धरमपानी स्वास्थ्य चौकी मार्फत राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमका अवसरमा भिटामिन ए खुवाउँदै स्वास्थ्यकर्मी । वैशाख ६ र ७ गते सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत देशभर ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षमुनिका…
पुरा पढ्नुहोस -
६ बैशाख २०८३, आईतवार १२:४७राजमार्गमा ट्राफिक सचेतना
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँखण्डमा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्गमा सञ्चालन हुने सवारी साधानलाई ट्राफिक सचेतना गर्दै ट्रफिक प्रहरीहरु । प्रहरीको टोलीले जिल्लाको मुख्य राजमार्गहरूमा सञ्चालन हुने सार्वजनिक सवारी साधन तथा नीजि सवारी साधनहरूको सिट क्षमता अनुगमन गरी सार्वजनिक सवारी साधनहरूमा…
पुरा पढ्नुहोस -
४ बैशाख २०८३, शुक्रबार १३:०७पर्यटकीय गाउँ ‘टुटेपानी’
गण्डकी प्रदेशकै नमुना सामुदायिक होमस्टेका रुपमा परिचित तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढुंगास्थित टुटेपानी गाउँ । होमस्टे सञ्चालनका लागि १६ घर दर्ता गरिएपनि हाल १२ घरमा सञ्चालन गरिएको होमस्टेमा करिब ४० जना बस्न सक्ने क्षमता रहेको छ । यहाँ गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति अध्ययन तथा…
पुरा पढ्नुहोस -
३ बैशाख २०८३, बिहीबार ११:०८रुम्सी गाउँ
तनहुँको व्यास नगरपालिका–१४ स्थित मगर जातजातिको बाहुल्यता रहेको रुम्सी गाउँ । ‘नमूना गाउँ’ घोषणा गरिएको यस ठाउँलाई ग्रामीण पर्यटनको गन्तव्यका रुपमा नगरपालिकाले विकास गर्दै लगेपछि पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका छन् । तस्बिरः सागर गिरी/रासस
पुरा पढ्नुहोस