फाेटाे फिचर
-
१९ मंसिर २०८१, बुधबार १२:१४सडक विस्तारका लागि भित्तो कटान
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने योजना अन्तर्गत पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)को व्यास नगरपालिका–१२ छिर्कनमा सडक चौडा गर्नका लागि पहरो कटान गरिदै । दैनिक रातिको समयमा चार घण्टा सवारी आवागमन बन्द गरी सडक विस्तारको कामलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ मंसिर २०८१, मंगलवार १२:५७जंगलको सिस्नो बजारमा
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँडाँडाको जंगलबाट सिस्नो टिपेर दमौलीमा बिक्रीवितरण गर्दै एक महिला । दमौलीमा प्रतिकिलो करिब दुई सय रुपैयाँसम्मा सिस्ने खरिदबिक्री हुने गरेको छ । सिस्नो अंग्रेजीमा नेटल भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो ।…
पुरा पढ्नुहोस -
१८ मंसिर २०८१, मंगलवार १२:५२धेरै धान उत्पादन गर्ने कृषक सम्मानित
तनहुँको भानु नगरपालिका–१३ बाँकेपसलका आईप मियाँ धेरै धान उत्पादन गर्ने कृषकका रुपमा सम्मानपत्र ग्रहण गर्दै । कृषक मियाँले यस वर्ष ८३ मुरी धान उत्पादन गर्न सफल भएका छन् । भानु नगरपालिकाकी कार्यपालिका सदस्य सकिना खातुनले स्वर्गीय पिता हाजि रफिक मियाँको स्मृतिमा वडामा धेरै धान उत्पादन…
पुरा पढ्नुहोस -
१७ मंसिर २०८१, सोमबार ११:०९दुई पालिका जोड्ने निर्माणाधिन पक्कि पुल
तनहुँको भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ को तल्लो डुम्रे जोड्ने गरी चुँदीखोला माथि निर्माण गरिदै गरिएको पक्कि मोटरेवल पुल । यो निर्माण पश्चात मुग्लिन हुँदै आउने सवारी साधान भानु–१ साजबोटमा रहेको सडक विभागको कार्यालय अगाडि हुँदै बेसीशहर जाने सवारी साधानहरुलाई सहज हुनुका साथै डुम्रे बजार…
पुरा पढ्नुहोस -
१७ मंसिर २०८१, सोमबार ११:०२एचआइभीबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
एचआईभी एड्सबाट मृत्यु भएकाको सम्झनामा तनहुँको दमौलीमा आइतबार साँझ दीप प्रज्वलन गरिदै । स्वास्थ्य कार्यालय, दमौली अस्पताल, कम्यूनिटी सपोर्ट ग्रुप, नौलो घुम्ती नेपाल, महिला एककृत समुह र तनहुँ सहयोगि समुहले संयुक्त रुपमा व्यास–३ को प्रशासन चोकमा दीप प्रज्वलन गरेका थिए । तनहुँमा महिला १३३, पुरुष…
पुरा पढ्नुहोस -
१६ मंसिर २०८१, आईतवार १३:३६सुन्तला नर्सरी र खेतीको अनुगमन
तनहुँको देवघाट गाउँपालिका–३ को सुन्तला नर्सरीको अवलोकन गर्दै कृषि ज्ञान केन्द्र तनहुँको प्राविधिक टोली । ज्ञान केन्द्रको प्राविधिक टोलीले देवघाटको वडा नं. ३ र २ को छिप्छिपे, नरममा रहेको सुन्तला नर्सरी र खेतीको खेतीको समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणका लागि प्राविधिक कार्यदलले अनुगमन तथा सहजिकरण…
पुरा पढ्नुहोस -
१४ मंसिर २०८१, शुक्रबार १२:१८कृषकलाई अनुदानमा कृषि सामाग्री
तनहुँको भानु नगरपालिका–१२ ले कृषकहरुलाई आनुदानमा आधुनिक कृषि सामाग्रि वितरण गर्दै । वडा कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को कृषि कार्यक्रम अन्तर्गत कृषकहरूको माग बमोजिम विभिन्न किसिमका कृषि सामग्रीहरू वडा अन्तर्गतको खरिद समिति टोल सुधारका संयोजकहरु र वडा कार्यसमितिको रोहबरमा वडा कार्यालयको प्राङ्गणमा विहीबार कृषकहरूलाई वितरण…
पुरा पढ्नुहोस -
१४ मंसिर २०८१, शुक्रबार १२:०८निरीक्षणमा प्रहरी उपरीक्षक शाही
तनहुँको आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयको बिहीबार निरीक्षण गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाही । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ मंसिर २०८१, बिहीबार १२:३४पानीको मुल नजिकै ढुंगा उत्खनन् गरिदै
तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढूङ्गाको पयास्वाँरास्थित सतीपानीमा सडक विस्तारका लागि स्काभेटरको प्रयोग गरी ढुङ्गा निकालिदै । सडकको तत्लो भागमा खानेपानीको मुल रहेको हुँदा वातावरणीय अवस्थाको मूल्याङ्कननै नगरी स्काभेटरको प्रयोग गरी ढुङ्गा निकाल्ने कार्य गरिएकाले खानेपानीको स्रोत नासिनुका साथै पहिरोको उच्च जोखिममा पर्ने खतरा बढेको छ…
पुरा पढ्नुहोस