फाेटाे फिचर
-
२१ आश्विन २०८१, सोमबार १२:४८भत्ता बुझ्ने पालोको पर्खाइ
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिपुरबाट आइतबार दमौलीस्थित एक विकास बैंकको प्राङ्गणमा सामाजिक सुरक्षाभत्ता बुझ्नका लागि बसेका वृद्धवृद्धाहरु । पालिकाले सम्बन्धित वडा र टोलमा सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था नगरिदिंदा लाभग्राहीले सास्ती झेल्दै आउनुपरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ आश्विन २०८१, सोमबार १२:४३कृषकको खेतबारीमा कृषि प्राविधिक
कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्राविधिक टोली भानु नगरपालिका–९ पुर्कोटका कृषकहरुको खेतबारीमा पुगेर खेतीबालिमा लागेको रोग किराको अध्ययन अनुसन्धान तथा औषधी उपचारमा सहजिकरण गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ आश्विन २०८१, शुक्रबार १०:३७राजमार्गमा यात्रु सहायता कक्षा
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी गाउँपालिकास्थित अस्थायी प्रहरी पोष्ट पुलजिपमा विहीबार यात्रु सहायता कक्ष स्थापना गरी कार्यान्वय गरिदै । नेपालीका ठूला चार्डपर्वहरु बिजय दशमी, तिहार, छठ पर्वको अबसरमा मानिसहरुको आवतजावत एवं सवारी साधनहरुको चाप बृद्धि हुने हुँदा सवारी साधनहरुले बढी भाडा लिने, यात्रुहरु ठगिने कार्यलाई नियन्त्रण…
पुरा पढ्नुहोस -
१७ आश्विन २०८१, बिहीबार १२:५०सडक दुर्घटना सम्बन्धी एकीकृत नमुना अभ्यास
सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँले बुधबार तनहुँको भानु–१ रमाइलोडाँडास्थित डुम्रे–वेसिशहर सडक खण्डमा सडक दुर्घटना उद्धार अभ्यास गर्दै । बढ्दो सडक दुर्घटना, आपद विपद्को समयमा विभिन्न उपकरणको प्रयोग गरी नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले गर्ने उद्धारको नमुना प्रदर्शन…
पुरा पढ्नुहोस -
१७ आश्विन २०८१, बिहीबार १२:४२टपरी बुन्न सिक्दै विद्यार्थी
तनहुँको व्यास नगरपालिका–६ अम्रेनीस्थित इन्दु माध्यमिक विद्यालयका विद्यार्थीलाई सालको पातबाट टपरी बुन्न सिकाउँदै शिक्षकहरु । विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत टपरी बुन्ने सीप सिकाएका हुन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ आश्विन २०८१, बुधबार १३:१६होला त समस्याको समाधान
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिका चोकदेखि मुख्य बजार चोकसम्मको सडक चिल्लो भएर दुर्घटना हुन थालेपछि मंगलबार डोजर सडक खोस्रेर खस्रो बनाइदै । उक्त सडकखण्डमा दिनहुँ दुर्घटना हुन थालेको र सरोकारवाला निकायलाई समस्याको समाधानका लागि पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि गाउँपालिकाले सडकमा…
पुरा पढ्नुहोस -
१६ आश्विन २०८१, बुधबार १३:०३कुकरको बन्ध्याकरण
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कुकुरको बन्ध्याकरण गर्दै पशु प्राविधिक । दुई दिने शिविरमा घरपालुवा ३५ र सामुदायिक १६ गरी ५१ कुकुरको बन्ध्याकरण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ आश्विन २०८१, बुधबार १३:०२वृद्धवृद्धालाई सम्मान
३४औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा तनहुँको बन्दीपुर गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा वृद्धवृद्धालाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ आश्विन २०८१, मंगलवार १२:३८चाडपर्व लक्षित बजार अनुगमन
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ को खैरेनीटारमा चाडपर्व लक्षित बजार अनुगमन गरिदै । शुक्लागण्डकी नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र सुवेदी नेतृत्वको टोलीले खैरेनीटार बजारमा क्षेत्रका करिब ६८ वटा पसलहरुमा अनुगमन तथा निरीक्षण गरी आवश्यक निर्देशन दिइएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस