फाेटाे फिचर
-
१३ कार्तिक २०८१, मंगलवार ११:५३कृषकको घरगोठमै सेवा
तनहुँको भिमाद नगरपालिका–२ का कृषकको घरगोठमै पुगेर सेवा दिंदै पशु चिकित्सकहरु । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा कार्यालयको कार्यालय प्रमुख डा. किरण पाण्डे र पशु सेवा शाखा भिमादको टोलीद्वारा कृषकले पाल्दै आएका पशुपंक्षीको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरी रोग अन्वेषण गरिएको छ । तस्विर…
पुरा पढ्नुहोस -
१२ कार्तिक २०८१, सोमबार ११:५७सयपत्री फूलको माला
तनहुँको आँवुखैरेनी गाउँपालिका–१ याञ्चोकटारका कृषकहरु सयपत्री फूलको माला उन्नदै । यहाँका कृषकहरुले व्यवसायिक रुपमा सयपत्री फूल खेती गर्दै आएका र फूलको वर्गीकरण गरी गुणस्तरी माला तयार गर्नका लागि गाउँपालिकाले सयपत्री फूलको माला निर्माण, चिसो भण्डारण तथा बजारीकरण सम्बन्धी सीपमूलक तालिम समेत सञ्चालन गरेको छ ।…
पुरा पढ्नुहोस -
१२ कार्तिक २०८१, सोमबार ११:४८कृषकलाई धान थनकाउने चटारो
तनहुँको आँवुखैरेनी गाउँपालिका–१ स्थित सत्रसय फाँटमा धान थनकाउने तयारी गर्दै कृषक । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ कार्तिक २०८१, शुक्रबार ०८:१८कुम्ले खोलामा पुल
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार तीनखोले देवी मोटर मार्ग अन्तर्गत कुम्ले खोलामा निर्माणाधीन पक्की पुलको विहीबार पि.पि.सि. ढलान गरिदै । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको तीनखोले देवी मन्दिरसम्म पुग्नका लागि पक्की पुल निर्माणका साथै सडकको स्तरोन्नतीका कार्यलाई पनि नगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ…
पुरा पढ्नुहोस -
८ कार्तिक २०८१, बिहीबार १३:४२सेवाग्राहीको भीड
जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार विभिन्न सेवा लिन आएका सेवाग्राहीको भीड । दशैं तिहारको विदाको समयमा आ–आफ्नो जन्मथलो फकिएकाहरु नागरिकता, राष्ट्रिय परिचयपत्र, राहादानी लगायत अन्य सेवा लिन आउने सेवाग्राहीको भीड बढ्को छ । कार्यालयमा दैनिक डेढ सयदेखि दुई सयसम्म राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राही आउने गरेका…
पुरा पढ्नुहोस -
७ कार्तिक २०८१, बुधबार ११:५६थानीमाई मन्दिरमा ६६ वटा फूलको डोली
भानु : तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमार्या मन्दिरमा कात्तिक महिनाको पहिलो मंगलबार पञ्चेबाजा घनकाउँदै पूचाअर्चनका लागि फूलको डोलीसहित पुगेको भक्तजनहरु । यस मन्दिरमा सोमबार रात भर ५४५ जना कर्ताहरुले मन्दिर परिशरमा बत्ती बालेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भक्तजनहरू फूलको डोली र पञ्चैवाजासहित थानीमाई…
पुरा पढ्नुहोस -
७ कार्तिक २०८१, बुधबार ११:५०टपरीको व्यापार
तनहुँको आँवुखैरेनी गाउँपालिकाकी एक वृद्धा सालको पातबाट टपरी तयार गरी बिक्री गर्ने तयारीमा । गाउँपालिकाले कृषि हाटबजार सञ्चालन गरी स्थानीयस्तरमा उत्पादित उपजको बिक्री वितरण गर्ने व्यवस्था मिलाएपछि कृषकलाई आफ्नो उपज विक्री वितरण गर्न सहज भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ कार्तिक २०८१, मंगलवार ११:२२थानीमाई मन्दिरमा बत्ती बालिदै
तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा कात्तिको पहिलो सोमबार साँझ बत्ती बाल्ने तयारी गर्दै भक्तजनहरु । सोमबार रातभर जाग्रामबसि बत्ती बालेर मंगलबार पूजाअर्चन गर्ने गरिन्छ । कात्तिकाको पहिलो मंगलबार आज भक्तजनहरु सोमबार राती घरमा सत्यनारायणको पूजा लगाई फूलको डोली लिएर पूजाअर्चनका लागि यहाँ आउने गर्दछन्…
पुरा पढ्नुहोस -
५ कार्तिक २०८१, सोमबार १२:१८दमौलीमा सडक विस्तार सुरु
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाले दमौली बजार क्षेत्रमा सडक विस्तार कार्य अगाडि बढाएको छ । योजनाको निर्माणपक्षले दमौलीमा माथिल्लो भागमा नाला निर्माणका लागि खन्न थालिएको छ । बजार क्षेत्रमा दायाँवायाँ २५/२५ मिटर कायम गर्ने भनिएपनि दमौली बजार क्षेत्रमा २३/२३ मिटर भित्र सडक विस्तार कार्य अगाडि…
पुरा पढ्नुहोस