फाेटाे फिचर
-
१७ आश्विन २०८१, बिहीबार १२:५०सडक दुर्घटना सम्बन्धी एकीकृत नमुना अभ्यास
सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँले बुधबार तनहुँको भानु–१ रमाइलोडाँडास्थित डुम्रे–वेसिशहर सडक खण्डमा सडक दुर्घटना उद्धार अभ्यास गर्दै । बढ्दो सडक दुर्घटना, आपद विपद्को समयमा विभिन्न उपकरणको प्रयोग गरी नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले गर्ने उद्धारको नमुना प्रदर्शन…
पुरा पढ्नुहोस -
१७ आश्विन २०८१, बिहीबार १२:४२टपरी बुन्न सिक्दै विद्यार्थी
तनहुँको व्यास नगरपालिका–६ अम्रेनीस्थित इन्दु माध्यमिक विद्यालयका विद्यार्थीलाई सालको पातबाट टपरी बुन्न सिकाउँदै शिक्षकहरु । विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत टपरी बुन्ने सीप सिकाएका हुन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ आश्विन २०८१, बुधबार १३:१६होला त समस्याको समाधान
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिका चोकदेखि मुख्य बजार चोकसम्मको सडक चिल्लो भएर दुर्घटना हुन थालेपछि मंगलबार डोजर सडक खोस्रेर खस्रो बनाइदै । उक्त सडकखण्डमा दिनहुँ दुर्घटना हुन थालेको र सरोकारवाला निकायलाई समस्याको समाधानका लागि पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि गाउँपालिकाले सडकमा…
पुरा पढ्नुहोस -
१६ आश्विन २०८१, बुधबार १३:०३कुकरको बन्ध्याकरण
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कुकुरको बन्ध्याकरण गर्दै पशु प्राविधिक । दुई दिने शिविरमा घरपालुवा ३५ र सामुदायिक १६ गरी ५१ कुकुरको बन्ध्याकरण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ आश्विन २०८१, बुधबार १३:०२वृद्धवृद्धालाई सम्मान
३४औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा तनहुँको बन्दीपुर गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा वृद्धवृद्धालाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ आश्विन २०८१, मंगलवार १२:३८चाडपर्व लक्षित बजार अनुगमन
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ को खैरेनीटारमा चाडपर्व लक्षित बजार अनुगमन गरिदै । शुक्लागण्डकी नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र सुवेदी नेतृत्वको टोलीले खैरेनीटार बजारमा क्षेत्रका करिब ६८ वटा पसलहरुमा अनुगमन तथा निरीक्षण गरी आवश्यक निर्देशन दिइएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ आश्विन २०८१, सोमबार ११:३८घिरिङमा पहिरोले सडक अवरुद्ध
मानपुर–डेडगाउँ सडक खण्ड अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ स्थित मण्डारमा पहिरो खस्दा सडक अबरोध भएको छ । वर्षासंगै खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा दुई पाङ्ग्रे सवारीसाधन र पैदलयात्रीले बैकल्पिक बाटोका रुपमा झोलुङ्गे पुल प्रयोग गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ आश्विन २०८१, सोमबार ११:३५निर्माणाधिन मोटर मार्गको अनुगमन
तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा–लामागाउँ मोटर मार्ग अन्तर्गत दुलेगौंडा–लिलाचोक खण्डको निर्माणाधिन सडकको अनुगमन गर्दै शुक्लागण्डी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित सहित प्राविधि टोली । विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआईपी) अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको हालसम्मकै ठुलो योजना हो । यो…
पुरा पढ्नुहोस -
१३ आश्विन २०८१, आईतवार १२:३८विद्यार्थीलाई वनस्पतिको जानकारी
तनहुँको भानु नगरपालिका–३ ढुकुर्दीस्थित जनजागृति माध्यमिक विद्यालयका बालबालिकाहरुलाई बनस्पतिका विषयमा जानकारी गराइदै । विद्यालयका शिक्षकहरुले स्थानीयस्तरमा पाइने जडिबुडी र विभिन्न प्रजातिका वनस्पति संकलन र पहिचान गरी यसको उपयोगिताका विषयमा बालबालिकलाई जानकारी गराएका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस