फाेटाे फिचर
-
२५ श्रावण २०८१, शुक्रबार १४:१४राजमार्ग विस्तार
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेरामा सडक विस्तारका लागि पर्खाल निर्माण गरिदै । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत विभिन्न ठाउँमा सडक चौडा गर्नका लागि टेवा पर्खाल निर्माण, पहिरो रक्थामका कार्य, नाला पुल निर्माणका काम भइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० श्रावण २०८१, आईतवार १२:४६सडक विस्तारमा ढिलाई
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सडक सिमा क्षेत्रभित्रका भौतिक पूर्वाधार हटाई सडक छेउमा नाला निर्माण गरिदै । डुम्रे बजार क्षेत्रका केही व्यक्तिले मुआब्जा बुझेपनि सडक सिमा भित्रका भौतिक संरचना नहटाइदिंदा सडक विस्तारमा समस्या आएको छ ।…
पुरा पढ्नुहोस -
१८ श्रावण २०८१, शुक्रबार ११:५७कोदोको विऊ रोपाइको तयारी
तनहुँको व्यास नगरपालिका–९ क्यामिनका महिलाहरु कोदोको विऊ रोप्ने तयारी गर्दै । सिंचाई सुविधा नभएका पाखो बारीमा गरिने कोदो खेतीका लागि आवश्यक पर्ने युवा जनशक्ति अभावले तनहुँमा कोदोखेती घट्दै गएको छ । पछिल्लो समय कोदो र कोदोका परिकारको माग बढ्दै गएपनि खेती कम हुँदै गएको छ…
पुरा पढ्नुहोस -
१६ श्रावण २०८१, बुधबार १२:३७हाटबजारमा तरकारी खरिदबिक्री
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारमा तरकारी खरिदबिक्री गरिदै । गाउँपालिकाले स्थानीय कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई सहज रुपमा बजारीकरण गर्ने उद्देश्यले शुक्रबारे कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । उक्त हाटबजारमा पालिकाका कृषकले उत्पादन गरेको तरकारी, खसीबोका, मह, कुखुरा लगायतका उपज कृषक आफैले…
पुरा पढ्नुहोस -
१६ श्रावण २०८१, बुधबार १२:२८वडा कार्यालयमा वृद्धवृद्धा
तनहुँको बन्दीपुर गाउँपालिका–१ को वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आएका लाभग्राहीहरु । पालो कुरेर बस्दा कुनै समस्या नहोसा भनि कार्यालयले सेवाग्राहीलाई लक्षित गरी खानेपानी, पंखा तथा टेलिभिजन समेत जडान गरिदिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ श्रावण २०८१, सोमबार १३:२६अनुदानमा कृषकलाई कृषि यन्त्र तथा औजार
तनहुँको घिरिङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि यन्त्र तथा औजार वितरण गर्दै । गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकलाई अनुदानमा खानजोत गर्न हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ श्रावण २०८१, आईतवार १२:४७सडक सिमा क्षेत्रका घर नापजाँच
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार क्षेत्रमा सडक सीमा क्षेत्रभित्रका घरटहरा हटाउनका लागि नापचाँज गर्दै प्राविधिकहरु । राजमार्ग विस्तारका लागि डुम्रेबजार क्षेत्रका केही घरधनिहरुले मुआब्जा बुझेपनि मापदण्ड भित्रका घरटहरा नहटाउँदा सडक विस्तारमा समस्या हुँदै आएको छ । गाउँपालिकाले सडक सीमा क्षेत्र भित्रका घरटहरा नहटाउनेलाई सेवासुविधामा बञ्चित…
पुरा पढ्नुहोस -
१३ श्रावण २०८१, आईतवार १२:३६सञ्चारमन्त्री गुरुङलाई स्थानीयले सम्मान
गृह जिल्ला लमजुङ आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई शनिबार दिउँसो बेँसीसहर नगरपालिकामा पकडी ओढाएर सम्मान गर्दै बेँसीसहरका स्थानीय । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
१० श्रावण २०८१, बिहीबार १२:५८ऐतिहासिक महत्वको खड्गदेवी मन्दिर
तनहुँको बन्दीपुर गाउँपालिका-४ मा अवस्थित खड्गदेवी मन्दिर । नवरात्रका बेला मात्रै खुल्ने मन्दिर अब दैनिक रुपमा र्सवसाधारणका लागि खुल्ला गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस