फाेटाे फिचर
-
२ बैशाख २०८३, बुधबार १२:१४पाहुनालाई खाजा
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँमा पुगेका पाहुनालाई सालको पातबाट तयार गरिएको टपरीमा स्थानीय उत्पादन कोदोको सेलरोटी तयार गरी खाजा दिदै । मगर समुदायको वाहुल्यता रहेको रामकोटका बासिन्दाले ग्रामीण प्रर्यटन प्रवद्र्धनका लागि होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्दै आएका छन् भने गाउँपालिकाले पनि आवश्यक पूर्वाधारहरु बनाउँदै…
पुरा पढ्नुहोस -
३० चैत्र २०८२, सोमबार ११:५४विद्यार्थीको साँस्कृतिक नृत्य
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा आइतबार कक्षा १२ का विद्यार्थीलाई सफलताको शुभकामनासहित कक्षा ११ का विद्यार्थीले आयोजना गरेका बिदाई कार्यक्रममा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै छात्राहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० चैत्र २०८२, सोमबार ११:५०सडकको नाला निर्माण
तनहुँको भानु नगरपालिका–१२ स्थित बिरेन्द्र मागर मार्ग स्तरोन्नतीका लागि नाला निर्माण गरिदै । भानु–१३ को चन्द्रवतिहुँदै अर्चले–आरबाजे–राइपालि भञ्ज्याङ–सुन्दरबजार जोडने सडकलाई स्तारोन्नती गर्ने कार्य अगाडि बढाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ चैत्र २०८२, आईतवार १४:२७स्वास्थ्य सेवा
तनहुँको म्याग्दे गाउँपालिका–६ को मनपाङ स्वास्थ्य चौकीमा स्थानीय सेवाग्राहीहरु स्वास्थ्य सेवा लिंदै । गाउँघर क्लिनिक कार्यक्रम अन्तर्गत गाउँपालिकाको स्वास्थ्य शाखाले टोलटोल र वडामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ चैत्र २०८२, बिहीबार ११:२१महिलाहरुलाई अचार बनाउने तालिम
तनहुँको व्यास नगरपालिका–३ मा महिलाहरूलाई लक्षित गर्दै अचार बनाउने तालिम दिइएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ उद्यमीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले अचार सम्बन्धी प्राविधिक सीप विकास तालिम सञ्चालन गरिएको हो । वडा नं. ३ का विभिन्न टोलबाट सहभागी महिलाहरूलाई अचार…
पुरा पढ्नुहोस -
२६ चैत्र २०८२, बिहीबार ११:१७नर्स तथा पारामेडिक्सहरुलाई सचेतनामुलक कार्यक्रम
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतरास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नियमित सिपिडी कार्यक्रम अन्तर्गत अस्पतालमा कार्यरत सम्पूर्ण नर्स तथा पारामेडिक्सहरुलाई संक्रमण रोकथाम तथा नियन्त्रण विषयमा सचेतनामूलक कार्यक्रम गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ चैत्र २०८२, बुधबार १०:३६रामकोट गाउँ
तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोट गाउँ । गाउँपालिकाले यस गाउँलाई घरबास (होमस्टे)का रुपमा विकास गरी बन्दीपुरमा आउने पर्यटकलाई पदयात्रा गरी पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्दै अएको छ । मगर समुदायको बसोवास रहेको यस गाउँमा मगर समुदायको भाषा, संस्कार संस्कृतिको अध्ययन अवलोकन गर्न सकिन्छ । तस्विर :…
पुरा पढ्नुहोस -
२५ चैत्र २०८२, बुधबार १०:२२एआई एक्स–रेमार्फत छाती रोग शिविर
तनहुँको आँबुखैरेनी गाउँपालिकामा एआई प्रविधियुक्त एक्स–रे मेसिनमार्फत छाती रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र प्रदेश जनस्वास्थ्य कार्यालय दमौली को सहकार्य तथा गाउँपालिकाको व्यवस्थापनमा सोमबार एकदिने शिविर सञ्चालन गरिएको हो । शिविरमा ४९१ जना सेवाग्राहीको स्वास्थ्य परीक्षण…
पुरा पढ्नुहोस -
२३ चैत्र २०८२, सोमबार ११:४६तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन
तनहुँको आँवुखैरेनी गाउँपालिका–५ स्थित रसायली गाउँमा निर्माण गरिएको तनहुँ जलविद्युत आयोजनाअन्तर्गतको प्रसारण लाइन । आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटबिरुवा हटाउन वन तथा भूसंरक्षण विभागसँग सम्झौता भएसंगै अहिले…
पुरा पढ्नुहोस