फाेटाे फिचर
-
२९ असार २०८१, शुक्रबार १२:४६अदुवा उत्पादक कृषकलाई अनुदान
तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा अदुवा उत्पादक कृषकलाई अनुदान रकम प्रदान गर्दै । गाउँपालिकाले उत्पादनमा आधारित रहि कृषकलाई अनुदान दिने कार्यक्रम अन्तर्गत एक हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने कृषकलाई नगद पाँच हजार रुपैयाँ अनुदान दिंदै आएको छ । गाउँपालिकाले वडा नं.…
पुरा पढ्नुहोस -
२८ असार २०८१, बिहीबार १२:०४लड्डु तयार गरिदै
तनहुँको दमौली स्थित सुरेश मिष्ठान्न भण्डारमा लड्डु तयार गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ असार २०८१, बुधबार १२:०७वन्टाङ खोलामा आएको बाढीले कच्वे भत्काएपछि ….:
तनहुँको भिमाद नगरपालिका–५ स्थित वन्टाङ खोलामा आएको बाढीले खोलामा निर्माण गरिएको कच्वे भत्काएपछि मंगलबार बिहान मर्मत सुधार गरी यातायात खुलाइदै । वन्टाङ खोलामा पक्कि पुल निर्माण नहुँदा प्रत्येक वर्ष वर्षादका समयमा ऋषिङ पाटनका बासिन्दाले सास्ती झेल्दै आउनुपरेको छ । तनहुँ जलविद्युत आयोजनाको डुबान प्रभावित क्षेत्र…
पुरा पढ्नुहोस -
२७ असार २०८१, बुधबार ११:५६पशुपालक कृषकलाई यन्त्र तथा उपकरण
तनहुँको म्याग्दे गाउँपालिका पशु सेवा उपशाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत दिगो पशुपालन तथा कार्य यन्त्रीकरणको लागि ४१ जना कृषकहरुलाई पचास प्रतिशत अनुदानमा यन्त्र तथा उपकरण प्रदान गरिएको छ । कार्यक्रम अन्तर्गत लागत मूल्य कायमपछि कृषक आफैले खरिद गरी ल्याएको ६४ वटा काउम्याट, १४…
पुरा पढ्नुहोस -
२६ असार २०८१, मंगलवार १२:१९पहिरो र बाढीले लडाएको विद्युत पोल (फोटोफिचर)
तनहुँको बुद्धसिंह मार्गस्थित साराङघाट क्षेत्रमा आएको पहिरो र सेती नदीको बाढीले ढलाएको विद्युत पोल । ठाउँठाउँमा गएको पहिरोले बुद्धसिंह मार्गमा गएको पहिरो नहटाएसम्म विद्युत पोलको व्यवस्थापन र विद्युत आपूर्तिमा समस्या सृजना हुने विद्युत प्राधिकरण दमौलीले जनाएको छ । स्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ असार २०८१, सोमबार १२:५४पानी पर्यो, सडक बिग्रियो (फोटोफिचर)
तनहुँको भानु नगरपालिका–१३ विर्तास्थित सालघारी उकालोमा आइतबार यात्रु बहाक बस फसेपछि भुस हालेर बस चलाउने प्रयास गर्दै चालक र सहचालक । तनहुँको पूर्वीउत्तर क्षेत्रका बासिन्दालाई सदरमुकामसंग छोटो दुरीमा सहज रुपमा जोड्ने यो सडकको स्तरोन्नतीमा सरोकारवाला निकायले ध्यान नदिदा यातायात व्यवसायी र यात्रुले सास्ति झेल्दै आउनुपरेको…
पुरा पढ्नुहोस -
२५ असार २०८१, सोमबार १२:३३असारे रोपाई
तनहुँको व्यास नगरपालिका–९ स्थित गजौडेस्थित खेतमा धानको विऊ रोपाईका लागि तयारी गर्दै कृषकहरु । मनसुन सक्रिय भएर गत शुक्रबारदेखि पानी पर्न थालेपछि यतिबेला कृषकहरुलाई रोपाईको चटारो परेको छ । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ असार २०८१, आईतवार १३:३६पहिरोमा परी बेपत्तको खोजी
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी गर्दै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली । तस्विरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ असार २०८१, शुक्रबार १३:१९मादी नदीमा निर्माणाधिन पक्कि पुल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थित मादी नदीमा पुल निर्माण गरिदै । मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य अन्तर्गत मादी नदीमा पुल निर्माण गर्न लागिएको हो । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस