फाेटाे फिचर
-
३१ श्रावण २०८१, बिहीबार १२:१९पहिरो रोकथामका लागि वायो इञ्जिनियरिङ
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको घाँसीकुवा–छिर्कन खण्डमा सडक चौडा गर्न भित्तो कटान गरिएपछि पहिरो रोकथामका लागि बायो इञ्जिनियरिङ प्रविधि अवलम्बन गरी विरुवा रोपण गरिदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ श्रावण २०८१, बिहीबार १२:१४घरटोलमै सामाजिक सुरक्षाभत्ता
तनहुँको भानु नगरपालिका–१३ मिर्लुङका घरटोलमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिदै । वडा कार्यालयले वृद्धवृद्धा, अपाङ्गता तथा लक्षित लाभग्राहीलाई घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गर्दै आएको वडासदस्य चन्द्रविवस गुरुङले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० श्रावण २०८१, बुधबार १२:२९लक्ष्य अगावै निर्माण सम्पन कम्पनी सम्मानित
लक्ष्य अगावै पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधी शेरबहादुर गुरुङलाई सम्मानित भएपश्चात् सामूहिक तस्बिरमा पूूर्वाधार विकास कार्यालय तनहुँका कर्मचारीहरु । जिल्लाको आँबुुखैरेनी गाउँपालिका–२ र ३ वडाको सिमाना स्थित खहरे खोलामा सडक पुल निर्माण योजना ११ महिना अगावै सम्पन्न गरेपछि निर्माण व्यवसायीलाई प्रोत्साहन स्वरुप सम्मान…
पुरा पढ्नुहोस -
२८ श्रावण २०८१, सोमबार १२:१४साँझपख पहाडकी रानी बन्दीपुर
पर्यटकीय नगरी तनहुँको बन्दीपुर बजारको साँझपखको दृश्य । पहाडकी रानी उपनामले परिचित गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटक आउने गर्दछन् । गाउँपालिका र बन्दीपुरका पर्यटन व्यवसायीहरुले यहाँको ऐतिहासिक सम्पदाको संरक्षण तथा पर्यटनमैत्री क्रियाकलापमा जोड दिएका छन् । तस्विर :…
पुरा पढ्नुहोस -
२८ श्रावण २०८१, सोमबार १२:०६भानुभक्त प्राणी उद्यानका प्रभावितहरु मुआब्ज माग्दै धर्नामा
तनहुँको भानुभक्त प्राणी उद्यान क्षेत्रका प्रभावितहरु उद्यानले चर्चोको जग्गाको मुआब्जा माग गर्दै आइतबार शान्तिपूर्ण धर्ना दिंदै । उद्यान प्रभावित क्षेत्रका बासिन्दाको जग्गा उपभोग गरिएवापत दिनुपर्ने मुआब्जा नदिएको र उद्यान घोषणा भएको ८ वर्ष बित्दा र जग्गाको मुआब्ज निर्धारण भएको ४ बर्ष बितिसक्दा पनि सरकारले मुआब्ज…
पुरा पढ्नुहोस -
२५ श्रावण २०८१, शुक्रबार १६:२४तनहुँमा विश्व आदिवासी दिवस मनाइयो (फोटोफिचर)
तनहुँ । तनहुँमा ३०औ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा विभिन्न समुदायका जनजातिहरुले आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन, साँस्कृतिक कार्यक्रम तथा जातीय हकहितका विषयमा चर्चा गरिएको छ । तनहुँका १० वटै पालिकामा बसोवास गर्ने आदिवासी जनजातिहरुले…
पुरा पढ्नुहोस -
२५ श्रावण २०८१, शुक्रबार १४:१४राजमार्ग विस्तार
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेरामा सडक विस्तारका लागि पर्खाल निर्माण गरिदै । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत विभिन्न ठाउँमा सडक चौडा गर्नका लागि टेवा पर्खाल निर्माण, पहिरो रक्थामका कार्य, नाला पुल निर्माणका काम भइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० श्रावण २०८१, आईतवार १२:४६सडक विस्तारमा ढिलाई
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सडक सिमा क्षेत्रभित्रका भौतिक पूर्वाधार हटाई सडक छेउमा नाला निर्माण गरिदै । डुम्रे बजार क्षेत्रका केही व्यक्तिले मुआब्जा बुझेपनि सडक सिमा भित्रका भौतिक संरचना नहटाइदिंदा सडक विस्तारमा समस्या आएको छ ।…
पुरा पढ्नुहोस -
१८ श्रावण २०८१, शुक्रबार ११:५७कोदोको विऊ रोपाइको तयारी
तनहुँको व्यास नगरपालिका–९ क्यामिनका महिलाहरु कोदोको विऊ रोप्ने तयारी गर्दै । सिंचाई सुविधा नभएका पाखो बारीमा गरिने कोदो खेतीका लागि आवश्यक पर्ने युवा जनशक्ति अभावले तनहुँमा कोदोखेती घट्दै गएको छ । पछिल्लो समय कोदो र कोदोका परिकारको माग बढ्दै गएपनि खेती कम हुँदै गएको छ…
पुरा पढ्नुहोस