फाेटाे फिचर
-
२५ जेष्ठ २०८१, शुक्रबार १२:५०बटसावित्री पर्वमा वरपिपलको पूजा
बटसावित्री पर्वका अवसरमा तनहुँको व्यास नगरपालिका-३ स्थित अनशनचौतारीको बरपिपलका बोटमा सामूहिक पूजा गर्दै महिलाहरु । श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले उक्त पर्व मनाइरहेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२४ जेष्ठ २०८१, बिहीबार १२:४२वातावरण संरक्षणमा चासो (तस्विरहरु)
विश्व वातावरण दिवसका अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेस्थित दीपशिखा बोर्डिङ स्कूलका विद्यार्थीहरु वातावरण संरक्षण सम्बन्धी सचेतनामुलक प्लेकार्ड सहित र्र्यालीमा सहभागि । विद्यालयमा अध्ययनरत ८, ९ र १० का छात्रछात्राले डुम्रे बजारमा सचेतनामूलक र्याली निकालेका हुन् । वातावरण संरक्षणका लागि सर्वसाधारणलाई सचेतना जगाउने उद्देश्यले विद्यालयले सचेतनामुलक…
पुरा पढ्नुहोस -
२३ जेष्ठ २०८१, बुधबार १२:२५बालबालिकालाई आई.पि.भी. खोप
तनहुँको ऋषिङ गाउँपालिका-२ आँपथोकस्थित चण्डी प्राथमिक विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमा मंगलबार बालबालिकालाई पोलियो विरुद्धको आई.पि.भी. खोप लगाउँदै काहुँशिविपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु । पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान २०८१ अन्तर्गत तनहुँमा जेठ १३ देखि २६ गतेसम्म बालबालिकालाई खोप लगाइदै छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ जेष्ठ २०८१, मंगलवार १२:४०जातीय भेदभाव सधैका लागि अन्त्य गरौं
तनहुँको व्यास नगरपालिका दमौलीमा जातीय विभेद तथा छुवाछु्त उन्मुलन दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, तनहुँले निकालेको र्यालीमा प्लेकार्ड सहित सहभागि भएका एक बालक । तनहुँका दलित अगुवाहरुको सहभागिता रहेको र्यालीले दमौली बजारको परिक्रमा गरी सभामा परिणत भएको थियो । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ जेष्ठ २०८१, मंगलवार १२:०५अल्लोको कपडा बुन्दै
कास्कीको मादी गाउँपालिका-१ सिक्लेसीको गुरुङ समुदायकी वृद्धा परम्परागत प्रविधिको प्रयोगबाट तानमा अल्लोको कपडा बुन्दै । पर्यटकीय गाउँ सिक्लेसमा स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर विभिन्न सामग्रीहरु तयार गरिन्छ । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
२१ जेष्ठ २०८१, सोमबार ११:५१सडक विस्तारका लागि खोला किनारमा पर्खाल
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक योजना अन्तर्गत व्यास-१ तालघरे खण्डमा सडक चौडा गर्नका लागि बुल्दीखोला किनारबाट तारजालीको प्रयोग गरी पर्खाल लगाइदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० जेष्ठ २०८१, आईतवार १२:३३हुर्कदै गरेका मकै खेती
तनहुँको घिरिङ गाउँपालिका-१ स्थित बैंडीफाँटमा कृषकै खेती । यहाँ सिँचाइ आयोजना निर्माण भएपछि बैडीफाँट हराभरा बनेको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
२० जेष्ठ २०८१, आईतवार १२:२१स्वागत नृत्य
तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस अन्तर्गत नेपाल युवा रेडक्रस सर्कलको आतिथ्यतामा शनिबार आयोजित तनहुँ जिल्लाका विद्यालय/क्याम्पस जुनियर/युवा रेडक्रस सर्कलका प्रतिनिधि विद्यार्थी र शिक्षक नायकहरुको दुइ दिने गोष्ठीको उद्घाटन समारोहमा सहभागि अतिथिहरुलाई नृत्य प्रस्तुत गरी स्वागत गर्दै छात्राहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ जेष्ठ २०८१, शुक्रबार १२:४१राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीलाई सास्ति
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको भीड। राष्ट्रिय परिचय पत्र बनाउनका लागि आवश्यक उपकरणको अभावका कारण बिहान ७ बजेदेखि नै सेवाग्राही कार्यालय परिसरमा पुग्ने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस