फाेटाे फिचर
-
२१ बैशाख २०८१, शुक्रबार ११:५०घाँसीकुवाको मुल संरक्षण
तनहुँको व्यास नगरपालिका-१२ स्थित घाँसीकुवाको मुल संरक्षणका लागि कुवा निर्माण गरिदै । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तारका कारण घाँसीकुवा र घाँसीपार्क भत्किएपछि सडक विस्तार योजनाले घाँसीकुवाको मुल संरक्षणका लागि सडकको माथिल्लो भागमा कुवा निर्माण गरिदिएको छ । सडकको तल्लो भागमा रहेको पुरानो कुवा भने सडक सीमा…
पुरा पढ्नुहोस -
२१ बैशाख २०८१, शुक्रबार ११:२७शैक्षिक सामग्री सहयोग गर्दै अभिभावक
तनहुँको व्यास नगरपालिका-७ स्थित कलेस्ती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत झरना कुमाललाई बिहीबार शैक्षिक सामग्री सहयोग गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व ग्रहण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ बैशाख २०८१, शुक्रबार ११:२५सडक कालोपत्र गरिदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवा खण्डमा सडक कालोपत्र गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० बैशाख २०८१, बिहीबार ११:१४श्रमिक दिवसमा र्याली
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले बुधबार दमौलीमा निकालेको र्यालीमा विभिन्न माग लेखिएका प्लेकार्ड सहित सहभागि भएका नेपाल स्वास्थ्यकर्मी संघ तनहुँमा आवद्ध श्रमिकहरु । तनहुँमा नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ -जिफन्ट)ले छुटाछुट्टै विविध कार्यक्रम आयोजना गरी १३५औं श्रमिक…
पुरा पढ्नुहोस -
१९ बैशाख २०८१, बुधबार १२:०७कुकुर र बिरालोको बन्ध्याकरण
बढ्दो रेबिजको प्रकोप नियन्त्रणको लागि खाद्य कृषि संगठनको प्राविधिक सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको समन्वयमा तनहुँमा कुकुर र बिरालोको बन्ध्याकरण गरिँदै प्राविधिक । शिविरमा ७५६ वटा कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ बैशाख २०८१, मंगलवार १३:१२पानीको प्यास
तनहुँको बन्दीपुर गाउँपालिका-१ पिप्लेस्थित पवित्र माध्यमिक विद्यालयका विद्यार्थीहरु पानी पिउँदै। विद्यालयले युरोगार्ड जडित शुद्ध पिउने पानीको व्यवस्था गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ बैशाख २०८१, मंगलवार १२:५०तार व्यवस्थित गरिदै
तनहुँको व्यास नगरपालिका-२ स्थित न्यूरोड क्षेत्रमा सोमबार इन्टरनेट, केवल टेलिभिजन, विद्युत लगायतका तारलाई व्यवस्थित बनाउन थालिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ बैशाख २०८१, सोमबार १३:४७मादले कांक्रोको विऊ जमाउने तयारी
तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीका कृषकहरु स्थानीय जातको मादाले कांक्रोको विऊ जमाउनका लागि आवश्यक तयारी गर्दै । गाउँपालिकाको स्थानीय रैथाने बालि संरक्षण नीति अनुसार यो वडामा अर्गानिक खेती प्रवर्द्धन कार्यक्रम अगाडि बढाइएको छ । स्थानीय रैथाने जातको मादले कांक्रो संरक्षणका लागि पहिलो चरणमा नर्सरी व्यवस्थापन…
पुरा पढ्नुहोस -
१६ बैशाख २०८१, आईतवार ११:५९सीप सिक्दै महिलाहरु
तनहुँको देवघाटस्थित देवघाट सामुदायिक सिकाइ केन्द्रमा आवद्ध महिलाहरु डल कुशन बनाउने सीप सिक्दै । गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम मार्फत सानो लगानिबाट स्वरोजगार तथा उद्यमी बनाउने उद्देश्यले विभिन्न सीप मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस