फाेटाे फिचर
-
१४ बैशाख २०८१, शुक्रबार १२:४९जंगलबाट घाँस लिएर घर फर्कदै
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरका महिलाहरु जंगलबाट घाँस लिएर घर तर्फ फर्कदै । ग्रामीण क्षेत्रका महिलाहरु पशुपालनका लागि आवश्यक पर्ने घाँसदाउँरा जंगलबाट ल्याउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ बैशाख २०८१, शुक्रबार १२:१३पर्यटकीय नगरी तनहुँको बन्दीपुर वरपरका केही सुन्दर दृष्यहरु
तनहुँको बन्दीपुर गाउँपालिका-३ स्थित पर्यटकीय गाउँ रामकोट । गाउँपालिकाले ग्रामीण प्रवर्द्धन कार्यक्रम मार्फत यस गाउँमा होमस्टे सञ्चालन गर्नुका साथै विभिन्न पूर्वाधार निर्माण गरी बन्दीपुरमा आएका पर्यटकलाई रामकोट गाउँ पुर्याउने योजना बनाएको छ । पर्यटकीय नगरी बन्दीपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य । पृथ्वीराजमार्गको पिप्लेदेखि सात…
पुरा पढ्नुहोस -
१२ बैशाख २०८१, बुधबार १०:३१बुल्दी खोलामा पुल
तनहुँको व्यास नगरपालिकाले वडा नं. १ को कराङकाठस्थित बस पार्कमा सवारी साधानलाई आउजाउ गर्नका लागि वडा नं. १ र २ जोड्ने गरी बुल्दी खोलामा कराङकाठ बसपार्क मोटरेवल पुल निर्माण गरिदै । नगरपालिकाले २०८२ भदौ २२ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ज्वालामुखी कन्स्ट्रक्शनसंग ६…
पुरा पढ्नुहोस -
११ बैशाख २०८१, मंगलवार १३:४९राजमार्गमा पुल निर्माण
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको बन्दीपुर-१ स्थित पिप्लेमा पक्की पुल निर्माण गरिदै । दुइ खण्डमा विभाजन गरी सडक विस्तार कार्य भइरहेकोमा पूर्वी खण्ड (आँवुखैरेनी-जामुने) ४१.७ किलोमिटर सडकको २०८१ वैशाख २ गते सम्झौता म्याद सकिएपनि हालसम्म करिब ५६ प्रतिशत भौतिक प्रगति भएको छ ।…
पुरा पढ्नुहोस -
११ बैशाख २०८१, मंगलवार १३:३५लाटो कोसेरो र शिवको मूर्ति
तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित बन्दीपुर केबलकारको तल्लो स्टेशनमा निर्माण गरिएको लाटो कोसेरो र शिवको मूर्ति । बन्दीपुर केबलकार परियोजनाको तल्लो स्टेशन नयाँ वर्षदेखि आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ भने केवलकार पनि सर्वसाधारणका लागि यसै आर्थिक वर्ष भित्र सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ । तस्विर…
पुरा पढ्नुहोस -
११ बैशाख २०८१, मंगलवार १३:३३विरामी कुकुरको उपचार
भेटेरिनरी अस्पताल तथा पशु सेव विज्ञ केन्द्र दमौलीमा विरामी घर पालुवा कुकुरको उपचार गर्दै पशु स्वास्थ्य प्राविधिक । केन्द्रले दमौलीमा यही वैशाख १६ र १७ गते सामुदायिक तथा घर पालुवा कुकुरलाई स्थायी वन्ध्याकरण तथा निःशुल्क रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । तस्विर…
पुरा पढ्नुहोस -
११ बैशाख २०८१, मंगलवार १३:१५जोखिमपूर्ण यात्रा
तनहुँको भिमाद नगरपालिकाको भिमाद बजारबाट जोखिमपूर्ण रुपमा यात्रु बोकेर ग्रामीण क्षेत्रतर्फ जाँदै गरेको जीप । प्रहरीको आँखा छलेर जीप व्यवसायीहरुले ट्राफिक नियम विपरित जोखिमपूर्ण रुपमा यात्रु लिएर गुड्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ बैशाख २०८१, आईतवार १०:२६देवघाटका कृषकलाई मौरी सहितको घार
तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा मौरी पालक कृषकलाई मौरी सहितको घार वितरण गर्दै । मौरीपालक कृषक तथा महिलाहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउँदै आत्मनिर्भर गराउने उद्देश्यका साथ गाउँपालिकाले पचास प्रतिशत अनुदानमा मौरी सहितको घार उपलब्ध गराएको छ । वडा नं. ५ मा महिला सञ्जालका…
पुरा पढ्नुहोस -
९ बैशाख २०८१, आईतवार १०:२३डुम्रेस्थित चुँदीखोलामा सरसफाई
तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको सिमाना डुम्रेस्थित चुँदी पुल वरपर शनिबार बिहान गरिएको सरसफाईमा संकलित फोहोर । डुम्रे बजार क्षेत्रका बासिन्दाले अव्यवस्थित रुपमा चुँदी पुल वरपर फोहोर फाल्दा दुर्गन्धित बन्दै गएपछि व्यास-२, दमौली निवासी महम्मद गफ्फार (सुदिप)ले एकल रुपमा सरसफाई गरेका हुन । गफ्फरले…
पुरा पढ्नुहोस