‘अदालत’ पछि ‘मनकी मञ्जरी’ लिएर आए राजकुमार

बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मञ्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेन्ज रहेको गीतमा रमेश मास्केको शब्द छ ।
गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्माको मोडलिङ देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ ।
बलबहादुर द भ्वाइस अफ नेपाल सिजन २ प्रतियोगी पनि हुन् । उनको यस अगाडि आएको ‘जेल पनि सहुँला…’ले चर्चा पाएको थियो ।
राजकुमारले यस अगाडि ‘अदालत’ नेपाली चलचित्रमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका थिए । ‘अदालत’मा राम्रो चर्चा बटुलेका राजकुमारले मनकी मञ्जरीबाट पनि राम्रो सफलता हातलाग्ने विश्वास व्यक्त गरेका छन् ।










