नेपालका कुनै पनि राजनीतिक शक्तिले एमालेलाई एक्लै हराउन सक्दैनन् : एमाले नेता गुरुङ

भञ्ज्याङ न्यूज

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले नेकपा एमालेसंग अहिलेसम्म कुनै पनि पार्टीले एक्लै चुनाव लड्ने आँट नगरेको बताएका छन् । जिल्ला कमिटी तनहुँको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेसंग एक्लै चुनाव लड्ने आँट नभएका कारण गठबन्धन गरी राष्ट्रिय सभाको निर्वाचन लड्न लागेको आरोप लगाएका छन् ।

‘गठबन्धनको आधारमा अगाडि बढिरहेको र यो गठबन्धन टुटाउनु हुँदैन र आगामि निर्वाचनसम्म संगै जानुपर्छ भन्दै आइएको छ’, नेता गुरुङले भने, ‘हाम्रो पार्टीबाट चोटिएर गएको समुहले पनि त्यहि भन्दै आएको छ, त्यो उहाँहरुको दिबा सपना हो पुरा हुँदैन ।’

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई चर्चा गर्दै नेता गुरुङले भने, ‘त्यहाँ गठबन्धनले जित्नेवाला छ र एमालेले हार्नेवाला छ । अनि केपी ओली हारिसके, एमालेले हारिसक्यो भन्दै एमाले पत्तासाफ भइसक्यो भन्नि जुन निस्कर्ष उहाँहरुको छ त्यो निस्कर्ष गलत हो ।’

‘एमाले हारेको नभई एमाले जनताको बीचमा छ, अझ दरो जरा गाढेर बसेको छ’, नेता गुरुङले भने, ‘एमालेलाई नेपालका कुनै पनि राजनीतिक शक्तिले अबको निर्वाचनमा एक्लै हराउन सक्दैन ।’

नेता गुरुङले हामीसंग चोइटिएर गएको समुहले अबको निर्वाचनसम्म पनि गठबन्धन गरेर जाने र एमालेलाई हराउने सपना देखेको हुँदा त्यो सपना पुरा नहुने र उहाँहरुले एमालेलाई कहिल्यै हराउन नसक्ने दाबी गरेका छन् ।

यस्तै, अधिवेशन उद्घाटन समारोहमा एमाले पोलिटव्युरो सदस्य टुकराज सिग्देल, पार्टी केन्द्रीय सदस्यहरु भगवती न्यौपाने, सविता रसाइली, जिल्ला कमिटी अध्यक्ष केदार सिग्देल लगायतका वक्ताहरुले विकास निर्माण एमालेको अभिन्न अंग भएको र कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

नौ वर्षपछि भएको जिल्ला अधिवेशनले जिल्लाका १० वटै पालिकाको प्रतिनिधित्व हुने गरी १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने छ । जिल्ला अधिवेशनका लागि ८५ वटै वडाबाट खुल्ला, महिला, मजदुर, दलित, अल्पसंख्यक तथा विभिन्न जनवर्गीय संगठनबाट गरी ६२२ जना प्रतिनिधि छनौट भएका छन् । एमाले तनहुँमा ६ हजार १०७ क्रियाशिल सदस्य रहेको बताइएको छ ।

यस्तै, जिल्ला कमिटीको नेतृत्व दाबी गर्दै जिल्ला अध्यक्षमा हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा हरिराज कंडेल, मेखबहादुर थापा, मोहन विकको दावी छ । सचिवमा हालका कार्यवाहक सचिव विष्णुभक्त सिग्देल र सचिवालय सदस्य राजेश्वर ढकालको दावी छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल लगायतको नाम चर्चामा छ ।

जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत निर्वाचित गर्ने कसरतमा शीर्ष नेताहरु लागेपनि अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव, सहसचिव र खुल्ला सदस्य पदको आकांक्षीहरुको संख्या बढ्दै गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker