व्यास सहकारीको स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्थालाई सम्मान र सहयोग
भञ्ज्याङ न्यूज

तनहुँको यास-३ स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको १५औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति र संस्थालाई राहत, सम्मान र सहयोग प्रदान गरिएको छ। सहकारी शनिबार एक कार्यक्रमकोआयोजना गरी सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले राहत, सम्मान र सहयोग प्रदान गरेका छन् ।
सहकारीले संस्थाका उत्कृष्ट कारोबारी -ऋणी), उत्कृष्ट संस्थागत र व्यक्तिगत बचत कर्तालाई सम्मान गरेको थियो भने शेयर सदस्य तथा शेयर सदस्यको एकाघरका व्यक्तिको निधनमा संस्थाको नियम अनुसारको राहत रकम पनि प्रदान गरेको छ । स
हकारीले आदिकवि भानुभक्त क्याम्पसमा विविएस प्रथम वर्षा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार दुइ जना छात्र/छात्रा सोममाया विक र विशाल रानाभाटलाई जनही दश हजारको दरले छात्रबृत्ती रकम पनि अध्यक्ष अधिकारीले हस्तान्तरण गरेका थिए ।
त्यस्तै व्यास-२ स्थित श्रीटोल विकास संस्थालाई चार थान स्टिलको कुर्ची तथा व्यास-४ स्थित विरता टोल विकास संस्थालाई ४० थान प्लाष्टिकको कुर्ची पनि हस्तान्तरण गरिएको छ । त्यसैगरि स्थापना दिवसकै अवसरमा व्यास-१० स्थित गौं संरक्षण केन्द्रलाई १० हजार रुपैयाँ बराबरको पराल पनि उपलब्ध गराउने घोषणा गरिएको छ ।
सो अवसरमा आयोजित कार्यक्रमा सहकारीका अध्यक्ष अधिकारीले सहकारी संस्थाहरु नाफा कमाउने र बोनस बाँड्ने काममा मात्र नभई सामाजिक उत्तरदायित्वको काममा पनि सरिक हुनु पर्ने बताए। समाजप्रतिको दायित्व बोध गरेर नै व्यास सहकारीले बिगतदेखि नै यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको अध्यक्ष अधिकारीले बताए।
कार्यक्रममा सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक राजेश्वर हड्खले, सल्लाहाकार विष्णुकुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्य केशव भट्टराइ तथा उत्कृष्ट संस्थागत वचत कर्ताको तर्फाट जनजुक्त शाही मावि साँगेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत राज काफ्ले, सहकारीका सचिव त्रिभुवन श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।