तनहुँको परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङको निर्माण अन्तिम चरणमा

तनहुँ परेवाडाँडामा जिपलाइन र ‘स्काई रोप साइक्लिङ’ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको छ।

केही दिनमा जिपलाइन तयार हुने र स्काई रोप साइक्लिङ पनि कार्तिक महिना भित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । ‘मादी नदी वारपार गर्ने गरि ५ सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ,’ उनी भन्छन्, ‘९० फिट हाइटमा एक सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।’

यस्तै, जिपलाइनका लागि एक हजार ५ सय र स्काई रोप साइक्लिङ (दुई तर्फी) का लागि एक हजार शुल्क तोकिएको उनी बताउँछन् । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र १ करोड २५ लाख बजेट छुट्याएको सापकोटाले जानकारी दिए ।

रिसोर्ट दमौलीबाट ५ किमि उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल ४ रोपनीमा संरचनाहरू बनेका छन् । यस्तै, आगामी २ वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्क लगायतका संरचनाहरू समेत थप्ने योजना रहेको उनी बताउँछन् ।

यसबाहेक रिसोर्टमा जाइन्ट स्विङ समेत सञ्चालनमा रहेको छ । उक्त स्विङ २ वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटा बताउँछन् । उनका अनुसार, ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker