युवतीले किन गरिन् आफैंसँग बिहे ?

विवाह भन्ने बित्तिकै बेहुला र बेहुली अर्थात् दुईजना चाहिन्छ । एकल बाट युगल जोडी बन्नु नै वास्तवमा बिहे हो । तर अष्ट्रेलियामा भने एकजना युवतीले आफैंसँग बिहे गरेकी छिन् ।

पेट्रिसिया क्रिस्टिन नामकी ती युवतीले आफैंसँग बिहे गरेको घटना हाल निकै चर्चामा छ । आफ्नो स्वयं प्रतिज्ञालाई पूरा गर्दै क्रिस्टिनले आफैंसँग बिहे गरेकी बताइएको छ ।

सिड्नीमा बसोबास गर्दै आएकी क्रिस्टिन अहिले २८ वर्षकी भइन् । पेशाले शिक्षिका हुन् उनी । केही समय पहिले उनले बिहेका लागि इन्गेजमेन्ट गरिसकेको केटासँगको सम्बन्ध तोडिएको थियो । इन्गेजमेन्ट भैसकेर तय भैसकेको बिहे भंग हुँदा दुःख लाग्नु स्वभाविकै हो । तर क्रिस्टिनले भने त्यो शोकलाई शक्तिमा परिणत गरिन् । उनले भविष्यमा कसैसँग बिहे नै नगर्ने र आफैंसँग बिहे गर्ने फैसला गरिन् । भविष्यमा एक्लै आफैसँग जीवन बिताउने उनको निर्णय थियो ।

सोही बाचा पूरा गर्ने सिलसिलामा उनले हालै आफैंसँग बिहे गरेकी हुन् । आफ्नो बिहेका लागि उनले बिहेको कार्ड छपाएर साथीसँगी तथा आफन्तहरुलाई बाँडिन् । बिहेका लागि सुन्दर वेडिङ गाउन र एउटा हिराको औँठी खरिद गरिन् । बिहे समारोहमा आएका पाहुनाहरुका लागि भोजको व्यवस्था पनि गरेकी थिइन् ।

अनौठो त के भने उनले आफ्नो बिहेको कार्ड वितरण गर्नु अगाडिसम्म उनको बिहे आफैंसँग हो भन्ने कसैलाई थाहा रहेनछ । त्यसैले उनले दिएको बिहेको कार्डमा सबैले बेहुलाको नाम खोजे, तर त्यहाँ बेहुलाको नाम फेला नपरेपछि सबै अक्क न बक्क परे । क्रिस्टिनले त्यस विषयमा सबैलाई खुलस्त पारिन् ।

इन्गेजमेन्ट टुटेसँगै क्रिस्टिनलाई यो कुराको हेक्का भैसकेको थियो कि जीवनमा स्वयं प्रतिज्ञा हुनु निकै जरुरी हुन्छ । त्यस कारण उनले आफ्नो विवाहको थिम पनि यसै अवधारणामा राखेकी थिइन् । आफैंसँग बिहे गरेकी क्रिस्टिनले आफैंसँग प्रेम गर्ने तथा खुसी रहने बाचा पनि गरेकी छिन् । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker