विमर्शको सन्देश

विश्वबन्धु भण्डारी

माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदी शिर भइ बहने सेती र मादी नदीको संगम स्थल दमौलीलाई व्यासको जन्मभूमिको नाम र पौराणिक कथनबाट नै चिनारी बनेको छ ।झण्डै ५० वर्ष अगाडि यहाँका आदिवासी दरै, बोटे र कुमाल जातिको आदिम थलोको रुपमा पनि यसको छुट्टै विराशत र पहिचान थियो, आज पनि छ ।

तनहुँको राणाकालीन सदरमुकाम बन्दिपुरबाट दमौली स्थानन्तरण हुनु र पृथ्वी राजमार्ग दमौलीकै वक्षस्थलबाट गुज्रनुले दमौलीले आजभन्दा झण्डै ६ दशक अगाडिको राजधानी काठमाडौं र पर्यटकीय महानगरी पोखरासँग मितेरी गास्दै आउने क्रममा ४० को दशकमा तराइसँग हातेमालो गर्न मुग्लिन-नारायणगढ सडकले व्यास नगरी दमौलीको श्रीबृद्धि हुँदै जाने अवसर पाएकोमा जानकारहरु अवगत नभएको होइन ।

यसै सन्दर्भलाई मध्यनजर गर्दै २००७ सालको जनक्रान्ति र त्यस यता पञ्चायत निरंकुश २०४६ साल र २०५२ सालपछिको द्वन्द्वकालमा सहिदहरुले बलिदान गर्न पछि नपरेको तनहुँमा बिगत जनसंर्घष्ाहरुले स्थापित गरेका विरासतलाई स्मरण गर्दै यही २०७९ फागुन ७ गते ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको सन्दर्भ पारेर ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र गन्तव्य विषयक विमर्श’ कार्यक्रम पंक्तिकारद्वारा आयोजना भई सम्पन्न भएको थियो ।

कार्यक्रममा लामो समयदेखि नेपाली राजनीतिमा तनहुँलाई कार्यक्षेत्र बनाएर विशिष्ट भूमिका खेल्दै आएका अग्रजहरुबाट २००७ सालको जनक्रान्तिको विशिष्ट महत्व, विविध कालखण्डका राजनीतिक उतारचढाव समेतका समग्रले प्राप्त गरेका आजको उपलब्धीहरुको बारेमा विषद परिचर्चा एवं विमर्श गरिएको थियो ।

राजनीतिक यात्रामा लामो समय बिताएका व्यक्ति, व्यक्तित्वहरु सहभागी कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पोख्रेलले २००७ सालले स्थापित गरेको प्रजातन्त्रलाई प्रस्थान विन्दुको रुपमा लिएर नै आजको उपलब्धीले उचाइ प्राप्त गरेको कुरामा बिर्सने र विमती राख्ने छुट पक्षधर कसैलाई पनि नभएको धारणा व्यक्त गरे । उनले मुलुकले आज प्राप्त गरेका उपलब्धिलाई जोगाउन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई रक्षा गर्दै आर्थिक उन्नतिको बाटोमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व मन्त्री एवं संविधान सभा सदस्य नेकपा माओवादीसँग आबद्ध महिला नेतृ आशा कोइरालाले आज २००७ सालदेखिका निरन्तर संघर्षले प्राप्त गरेको उपलब्धिलाई कम आक्न नमिल्ने भन्दै कमिकमजोरीलाई आफैबाट सच्याउन सकेमा गन्तव्यमा पुग्न सहज हुनेमा जोड दिइन् ।

वरिष्ठ साहित्यकार एवं बामपन्थी चिन्तक शेषमणि आचार्यले व्यवस्थालाई ठिक ठाउँमा लग्नका लागि नेतृत्वपंक्तिमा रहनेहरुले आफ्नो विगतको विरासतलाई बुझेर गन्तव्य सुनिश्चित गरेमा नेपाल र नेपालीको आकांक्षा पुरा हुने कुरामा विश्वास गर्न सकिने सुझाएका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता एकबहादुर राना, नेकपा माओवादीका राजेन्द्र केशरी न्यौपाने, लगायतले राजनीतिलाई गलत दिशातर्फ जानबाट जोगाउन अझै पनि समय बाँकी रहेकोतर्फ औल्याएका थिए ।

नेपाल रेडक्रस तनहुँका अध्यक्ष प्रा.डा. कृष्ण प्रसाद गौतमले मुलुकमा प्राप्त उपलब्धीलाई आज नेतृत्वमा बस्नेहरुले व्यक्तिगत पेवा सम्भिmने हो भने मुलुकमा धेरै ठूलो दुर्घटना निम्तन सक्ने संकेत गर्दै प्रजातन्त्रका मूल्य र मान्यताहरुलाई सही रुपमा कार्यान्वयन गर्न शक्ति सन्तुलनको भूमिकालाई हेक्का राख्नुपर्ने धारणा व्यक्त गरे ।

यस्तै विमर्शकार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, नेपाली कांग्रेसका सचिव एवं नेता समुन्द्र गोदार, भानु नगरपालिकाका पूर्व मेयर उदयराज गौली, बामपन्थी बुद्धिजिवीहरु शिवशंकर पौडेल, रामबहादुर अधिकारी, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारी, नेपाल पत्रकार महासंघ तनहुँका शाखा उपाध्यक्ष अस्मिता खनाल, लगायतले परिस्थितिलाई गलत दिशातर्फ जानबाट जोगाउन आजको नेतृत्व पुस्ताले हेक्का राख्नुपर्ने सुझाए ।

कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष श्रीप्रसाद भट्टराइ, एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा नेकपा समाजवादीका श्रीराम कार्की, व्यास नगरपालिकाका संस्थापक नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, नेकपा समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, युवा व्यवसायी एवं बामपन्थी कार्यकर्ता मनोज अधिकारी, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष ओमकार आचार्य, पत्रकार बाबुराम खनाल, अन्जनराज न्यौपाने, लिलामानसिह स्मृति प्रतिष्ठानका अध्यक्ष देवीबहादुर बस्नेत, कृष्णराज घिमिरे, लेख बहादुर राना, रामनाथ भट्टराइ, गोपाल सर्ुखाली लगायतले मुलुकको विगत र वर्तमान अवस्थाका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker