शिःसाघाटमा जाम
देव बस्न्यात

चैते दशै एकादशी शिवरात्री मेला
साजाटारको चौतारीमा बिहानको बेला
ठेलो सरी ठाडोभाका गीताङ्गेको धाम्
नेपालकै मध्यबिन्दु शिःसाघाटमा जाम्
उत्तर बग्ने बिलमादे, पश्चिम बग्ने मोदी ।
बिचमा बग्ने थुंदी खोला पूर्व बग्ने मादी ।।
पूर्व-पश्चिम्, उत्तर-दक्षिण नाप्दा पर्ने बीच ।
चंदौलाथोक गैरीस्वाँरा हलाकीचौतारा नै माझ ।।
चैते दशै एकादशी….. शिःसाघाटमा जाम ।।
।।१।।
जङ्गे दुङ्गा हात्तीगैरा, बिरुवाको गुफा ।
कुमाल छिमाल नागिलाटार अनि मुसीथुम्का ।।
एक्लेखेत, स्याउली, सिम्ले, सुन्दर भालेपहरा ।
थप्रेक, साँझा, सादी, शेषटार छहरेको छहरा ।।
चैते दशै एकादशी…….. शिःसाघाटमा जाम
।।२।।
पार्वती नै अन्नापूर्णा शिव इशानेश्वर ।।
सिर्से वारी शिःसाकोटी पारी गौरीशङ्कर ।।
शिवालय, थप्रेकदेवी, सिम्ले, सुन्दरीको
भाकल गर्र्छौ प्रमेश्वरी भलो भाकलीको ।।
चैते दशै एकादशी …… शिःसाघाटमा जाम
।।३।।
दमौली, तनहुँ