राष्ट्रभक्ति पनि राजनीतिक र गैरराजनीतिक हुन्छ र ?
सीता ओझा

काठमाडौ महानगरका प्रमुखले आफ्नो कक्षमा ग्रेटर नेपालको नक्शा राखे । यो भारती प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड भारतको नाममा ल्याएको सांस्कृतिक र अध्यामिक जम्बुदिप क्षेत्रभित्र सिन्धु सव्यताले ओगटेको भुमिसँग जोडिएका विषय थियो ।
त्यो भारत बन्नु अघिको सव्यता र संस्कृतिको विषय थियो र हो । यो अखण्ड भारतको विषयले जम्बुदिपका सम्पूर्ण राज्यको सार्वभौमसत्ता र स्वतन्त्र अस्तित्व हो या होइन ? प्रश्न गरिरहेको देखिन्छ । महानगरका प्रमुख बालेनले नजानेर होइनः राष्ट्रप्रतिको बफादार सिपाही/नागरिकले पद र शक्तिमा रहँदा आफुसँग जोडिएका नागरिकको र आफ्नो अभिमत जाहेर गरेका हुनसक्छन् ! यो अधिकार उनलाई छ ।
उनेले देखाएको राष्ट्रभक्तिको भावनाले उनको उमेर समूह, मतदाता, महानगरसँग जोडिएका नागरिक, उनी भन्दा कम उमेरका युवाहरू र उनको काम पेसालाई सम्मान गर्ने संसारभरका नेपाली र अन्य समुदायमा देशभक्तिको भावनाको क्रान्तिकारी सोच विकास गर्यो र गर्दै पनि छ । यो कसरी नराम्रो भयो र ? उनको देशभक्तिको क्रान्तिले विचार र सिद्धान्त खोजेर कुटनैतिक पक्षलाई जोड्न खोजेको पनि छैन । त्यो सन्दर्भ बालेनजीले संघीय सरकारलाई छोडिदिएका छन् । हेर्रौ संघीय सरकार यो विषयमा राष्ट्रिय मत बनाएर राष्ट्रिय हित र सार्वभौमसत्ता जोगाउन बोल्छ या बोल्दैन/लाग्छ कि लाग्दैन ?
काठमाडौ महानगरका प्रमुखभित्र देशभक्त बन्ने लक्षण छ होइन थियो । त्यो कुरा र्याप साङ्गीतिक यात्राका सबै अनुयायीहरूलाई थाहा छ र थियो । उनले गाएका हरेक र्यापहरूमा मुलुक भित्रको राजनीतिक र आर्थिकसामाजिक विचलन र विकृति जोडिएको देखिन्छ पक्षको विरूद्धको विद्रोह छ । त्यहि चेत यहाँ जोडिएको मात्रै हो ।
उनले हिन्दी चलचित्र- आदिपुरूषमा प्रस्तुत गरिएको सीताको जन्मभुमि भारत र नेपाल कुनै समय भारतको भुमि थियो- भन्ने भनाइप्रति विशेष आपत्ति जनाएर भारतीय चलचित्र प्रसारणमा त्यो पनि महानगरपालिका क्षेत्रभित्र चेतावनीको सुचना दिँदै रोक लगाएको विषयप्रति लक्षित देखिएको थियो । यो राजनीतिक प्रतिशोधको विषय बन्न र हुन सक्दैन ! बनाउनु हुँदैन।
एउटा महानगरको प्रमुखसँग त्यो स्थानिय तहका नागरिकसँग जोडिएको समर्थनको जनमतको विचारलाई प्रतिनिधित्व गर्ने हक र विरोध गर्ने हक हुन्छ भन्ने विषय नबुुझे जस्तो गरेर प्रतिक्रिया दिनु त्यति सोभनिय र बान्छनिय हुदैन होला !
अब रहृयो अदालतको फैसलाको- राष्ट्रभक्ति त न्यायाधीशसँग पनि हुनुपर्छ होला नि ? राष्ट्रिय विभुतिसँग जोडिएको विषय राष्ट्रिय गौरवको विषय होइन र ? यस्तो संवेदनशील विषयमा महानगरपालिकाको प्रमुखसँग न्याय पुनरावलोकन गर्ने हक पनि त होला नि ?
नगरप्रमुखको कार्यक्षेत्र भएको भुमि खुला सिमासम्म जोडिएको छैन । जोडिएको भए त्यो भुमिको विषयमा पनि बालेनजीले बोल्ने थिए होला ! उनको कार्यक्षेत्रमा परेन भन्दैमा राष्ट्रिय गौरवसँग जोडिएको विषयमा प्रमुखले मत राख्न नपाउने भन्ने छैन। दलको कार्यकर्ताले जे जस्तो गरे पनि राम्रो हुने, स्वतन्त्र ढङ्गले निर्वाचित भएकोले उठ्न, बस्न यताउता र्फकन पनि सोध्नु पर्ने ? यो कस्तो चलन आयो ?
पदीय दायित्व पूरा गरिरहँदा राम्रो काम गर्नेलाई राम्रो भनौं ! राम्रो नगर्नेलाई नराम्रो नै भनौं ! राम्रो मानिसलाई नराम्रो राजनीतिक छत्रछायाको ओतबाट जोगाउँ । करोडौं नेपालीको राष्ट्रभक्ति भन्दा फरक छ र बालेनजीको राष्ट्रभक्ति – राष्ट्रभक्ति पनि राजनीतिक र गैर राजनीतिक हुन्छ र ? यस्तो लाम्पसार परेर भारतले मिचेको नेपाली भुमि र असमान सुगौली सन्धि पुनरावलोकन गर्न सकिएला त ?
आफ्नो अगाडि उभियाएर आफ्ना सन्तानहरूले आफ्नै कुल बधु दौपदीको बस्त्रहरूण गर्दा थाहा नपाउने धृतराष्ट र राजसभाका सदस्य जस्तो क्रान्तिकारी नबनौ ! अहिले गणतन्त्रसम्म जोडिएर राजनीतिक परिवर्तनमा भुमिका खेल्ने दलहरू दौपदीलाई नङ्ग्याउने राजसभाका विद्वान, ऋषि, महर्षि र धृतराष्ट्र बनिरहेछन् । तत्काल दलहरू सहित सरकारको बन्द आँखा खुलोस् ।










