ऋषिङ अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागलुङको गलकोटले जित्यो

भञ्ज्याङन्यूज

चौथो ऋषिङ अध्यक्ष कप, २०८० अन्तरपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागलुङको गलकोट नगरपालिकाले जितेको छ । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित अन्तर पालिका खुल्ला भलिबल प्रतियोगिताको बुधबार ऋषिङ-४ थप्रेकमा भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई हराउँदै गलकोटले उपाधी जितेको हो ।

खेलमा शुक्लागण्डकीलाई ३/१ को सेटले पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भएको छ । विजेता बनेसँगै गलकोट नगरपालिकाले एक लाख ८७ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको शुक्लागण्डकी नगरपालिकाले एक लाख २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा नवलपुरको बौदीकाली गाउँपालिका तृतीय भएको छ भने भिमाद नगरपालिकाले सान्त्वना स्थान हासिल गरेको छ। तेस्रो र सान्त्वना हुने पालिकालाई क्रमशः ५४ हजार र १३ हजार ५ सय रुपैयाँ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिएको छ ।

११ टिमको सहभागिता रहेको प्रतियोगिताको समापन कार्यक्रममा व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य निल बहादुर थापा, ऋषिङ-२ का वडा अध्यक्ष एवं खेलकुद समिति संयोजक दल बहादुर थापा लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गर्दै शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker