आँवुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन

तनहुँको आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी अस्पताललाई नेपाल सरकार स्वास्थ आपूर्ति व्यवस्थापन महाशाखा टेकु काठमाडौंले उपलब्ध गराएको २ थान डायलाइसिस मेसिन । नेपाल सरकारवाट विपन्न नागरिक कार्यक्रम (डायलाइसिस)मा सुचिकृत भएपछि आँवुखैरेनी अस्पतालले प्रती उपचार सेसन २ हजार ५०० रुपैयाँसम्म नेपाल सरकारबाट प्राप्त गर्ने भएको छ । गाउँपालिकाले विपिन्न समुदायलाई सहज रुपमा उपचार सेवा प्रवाह गर्ने योजनाका साथ आँवुखैरेनी अस्पताललाई सुविधासम्पन्न बनाउँदै लगेको छ । तस्विर : भञ्ज्याङ










