तनहुँको केशवटारका घरबिहिन वौदलको घर निर्माण गरिने

तनहुँको व्यास नगरपालिका-१४ केशवटारका घरबार बिहिन मन बहादुर थापा वौदलको घर निर्माण गरिने भएको छ । स्थानीयको सक्रियतामा उनलाई व्यवस्थित रुपमा बस्ने मिल्ने गरी घर निर्माण गरिने भएको छ । घर विहिन वौदलको घर नभएपछि स्थानीयको वाख्राको खोरमा लामो समयदेखि जीवन यापन गर्दे आएका छन् । ज्यालादारीबाट जीवन यापन गर्दे आएका उनि करिव ६ दशकदेखि व्यास-१४ को केशवटारमा बस्दै आएका छन् ।
उनका घर निर्माणका लागि स्थानीयको सक्रियतामा सकेको आर्थिक सहयोग उठाएर घर निर्माण गर्न लागिएको व्यास-१४ का वडा सदस्य दुर्गा वहादुर आलेले वताए। श्रीमती र ३ छोरीका साथ अर्काको टहरोमा बस्दै आएका मनवहादुरको छोरीको विवाहपछि ज्वाई लगायतलाई समेत अर्काको घरमा सुताउनुपर्ने वाध्यता भएपछि गाउँले र सम्वन्धित निकायबाट आर्थिक सहयोग जुटाउन थालिएको हो ।
घर निर्माणका लागि व्यास नगरपालिकावाट ६० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त हुने वडासदस्य आलेले वताए । यसैगरि वौदलको घर निर्माणका लागि मधु थापाबाट ३० हजार ५२५, दरिमाया थापाबाट २१ हजार २५, गोमन सिंहआलेबाट २० हजार, हुम आलेबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको वडा सदस्य आलेले बताए ।

यस्तै, एसओएसको परिवार पुनःस्थापना कार्यक्रमबाट वौदलका लागि शौचालय र बाख्राको खोर निर्माण गरिदिने भएको छ । घर नहुदाको दुःख देखेर स्थानीयको सक्रियतामा घरनिर्माणका लागि पहल गरिदिदाँ आफुलाई साह्रै खुशी लागेको वौदलले बताए ।
स्थानीयको सक्रियता र श्रमदानवाट घर निर्माण गर्न लागिएको हुँदा इच्छुक व्यक्तित्वहरुले घर निर्माणका लागि सक्दो सहयोग गरिदिन वडासदस्य आलेले अनुरोध गरेका छन् ।










