तनहुँका आकाशलाई बागलुङमा शक्ति पुरस्कारबाट पुरस्कृत

भञ्ज्याङन्यूज

रण स्मृती पुरस्कार संस्थाले तनहुँका साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार प्रदान गरेको छ । संस्थाको ३१औं वार्षिकोत्सवका अवसरमा बुधबार बागलुङमा आयोजित एक कार्यक्रममा अधिकारीलाई पुरस्कृत गरिएको हो ।

शक्ति बहादुर खड्काले आफ्नो बुबाको स्मृतीमा स्थापन गरिएको रण स्मृती पुरस्कारबाट २०५० सालदेखि हरेक वर्ष साहित्य क्षेत्रमा क्रियाशिल एक व्यक्तिलाई पुरस्कृत गर्दै आएको संस्थाका सदस्य सचिव भोज बहादुर खड्काले बताए ।

बागलुङ नगपालिकाका उपप्रमुख राजु खड्काले सहित्यको क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिने र आकाश अधिकारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

पुरस्कृत व्यक्तित्वको परिचय राख्दै भीम रानाभाट ज्यालादारीले मोफसलमा रहेर साहित्यको क्षेत्रमा क्रियाशील अधिकारीले संस्थागत रूपमा विभिन्न गतिविधि सञ्चालन गरेर आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको चर्चा गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व अधिकारीले आफ्नो योगदानको कदर स्वरूप प्राप्त पुरस्कारले हौसलाका साथै साहित्य क्षेत्रमा क्रियाशिल हुन थप जिम्मेबारी बोध गराएको बताए ।

बागलुङ नगपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले भानुभक्त आचार्य अध्ययन गर्न बाग्लुङ आउनुभएको किम्बदन्ती सुनाउँदै यस क्षेत्रमा भाषा साहित्यको खानी रहेको चर्चा गर्दै साहित्यिक गतिविधि बिस्तार गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमममा बाग्लुङ जिल्लामा अध्यनरत कक्षा ८ मा उत्कृष्ट बिधार्थीहरु रण बहादुर थापा र सितल बिक तथा एसइइमा उत्कृष्ट विद्यार्थी सुबाश शर्मा र स्रि्रन जीसीलाई पनि सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker