पवित्रले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

तनहुँको बन्दिपुर गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको विजेता पवित्र माध्यमिक विद्यालय बन्न सफल भएको छ । पबित्रा माबिले ९ स्वर्ण, ९ कास्य र ७ रजत पदक गरी कुल २५ पदक सहित बिगतको आफ्नो पहिलो स्थान यथावत नै कायम राखेको छ । यस्तै, ६ स्वर्ण, ३ कास्य, ४ रजत पदक सहित कुल १३ पदक प्राप्त गरी बिष्णु माबि नाहाला र मनास्लु इ बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा भानु माबि बन्दिपुरले ४ स्वर्ण, ९ रजत र ५ कास्य गरी कुल १८ पदक सहित तेस्रो स्थान हासिल गरेको छ । यसैगरी कालिकाले ३ स्वर्ण १ कास्य २ रजत पदक सहित कुल ६ पदक सहित चौथो, शिव माबिले १ रजत, ३ कास्य सहित कुल ४ पदक, नोट्रेडेम बोर्डिङ स्कुलले १ रजत, २ कास्य सहित कुल ३ पदक, अरुण माबिले १ रजत प्राप्त गरेका छन् ।
यस्तै, अनुशासन तर्फ छात्रामा भानु माबिकि सरस्वती आचार्य, छात्रमा भानु माबिकै रोजन थापा, एथलेटिक्स तर्फ छात्रामा भानु माबिकि सरस्वती आचार्य, छात्रमा मनास्लुका अमन गुरुङ, कबड्डी प्रतियोगितामा छात्रा तर्फ मनास्लुका जमुना गुरुङ, छात्र तर्फ मनास्लुकै आशिन थापा र भलिबल प्रतियोगितामा छात्रा तर्फ मनास्लुका बर्षा थापा छात्र तर्फ शिव माबिका सन्तोष बिक पुरस्कृत भएका छन् ।
भानु माध्यमिक बिद्यालय प्रांगण बन्दिपुर-२ सम्पन्न प्रतियोगिताका विजेताहरुलाई गाउँपालिकाक अध्यक्ष पूर्णसिंह थापाले पुरस्कृत गर्दै शिक्षाको विकासका लागि खेलकुद अनिवार्य रहेको बताए । उनले यस किसिमको प्रतियोगिताले खेलकुदको माध्यमबाट नागरिकलाई सभ्य नागरिक बनाउन उल्लेख टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ, प्रमुख शिक्षा अधिकृत बिष्णु खत्री, शिक्षक अभिभावक संघका शंकर बानियाँ, बिद्यालय ब्यवस्थापन समितिका हेमराज लामिछाने, भानु माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किशोर कुमार प्रधान लगायतले शुभकामना व्यक्त गरेका थिए ।










