अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल प्रतियोगिता

तनहुँको व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा अपाङ्गता भएका व्यक्तिहरू शनिबार ह्विलचियरमा बसेर बास्केटबल खेल्दै । सहृदयी मञ्च नेपाल तनहुँले व्यास नगरपालिकाको सहयोगमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूबीच ह्विलचियर मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा व्यास र पराशर समूहको सहभागिता रहेकामा व्यास समूह विजयी भएको छ । प्रतियोगितामा व्यास समूहले १२ र पराशर समूहले आठ अंक प्राप्त गरेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरू खेल खेल्न सक्दैनन् भन्ने आम सोचाइ चिर्नका लागि मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन । तस्विर : भञ्ज्याङ










