अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगिता

तनहुँको दमौलीमा अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालन गरिएको छ । हैरान्स क्लव दमौलीले विहीबारदेखि व्यास नगरपालिका-३ मा दोस्रो अन्तर विद्यालय स्तरीय छात्रछात्रा बास्केटबल प्रतियोगिता सञ्चालन गरेको हो । बास्केटबल खेलमा युवायुवतीको आकर्षण बढाउने र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रविन पौडेलले बताए।

‘विसं २०७९ असोजमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा महिला बास्केटबल भएको थियो । सो पछि यहाँ बास्केटबल खेलमा आकर्षण बढेको छ’, उनले भने, ‘यो प्रतियोगिताले दक्ष बास्केटबल खेलाडी उत्पादन गर्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

प्रतियोगितामा छात्रतर्फ सात र छात्रातर्फ तीन विद्यालयको सहभागिता रहेको छ । छात्रतर्फ सत्यवती मावि, माया एकेडेमी, निर्मल मावि, पराशर कलेज, बाराही आवासीय माध्यमिक विद्यालय, कन्काई ग्लोवल एकेडेमी र व्यास दिव्यज्योति बोर्डिङ स्कूलको सहभागिता रहेको छ । छात्रातर्फ सत्यवती मावि, पराशर कलेज र बाराही आवासीय माध्यमिक विद्यालयको सहभागिता रहेको क्लवका सचिव अशोक गिरीले जानकारी दिए।

प्रतियोगितामा छात्रतर्फ प्रथम हुनेलाई रु दश हजार र द्वितीय हुनेलाई नगद रु पाँच हजार प्रदान गरिनेछ भने छात्रातर्फ प्रथम हुनेलाई रु सात हजार र द्वितीय हुनेलाई रु चार हजार नगद पुरस्कार प्रदान गरिनेछ । गत वर्ष आयोजित प्रथम अन्तरविद्यालय स्तरीय बास्केटबलको उपाधि छात्रछात्रा दुवैतर्फ सत्यवती माविले जितेको थियो ।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबै क्षेत्रको खेलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, व्यास नगरपालिका-३ का वडाध्यक्ष अनुप राना, कराँते महासंघ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापा, बास्केटबल संघका अध्यक्ष भुवन गोशली लगायतले नवौं राष्ट्रिय खेलकुदको प्रभावका कारण जिल्लामा बास्केटबल खेलमा आकर्षण बढेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker