सम्पादकीय : बन्दीपुर भ्रमण वर्ष–२०२५

तनहुँको ऐतिहासिक र सांस्कृतिक धरोहर बोकेको नगर बन्दीपुरमा सन् २०२५ लाई “बन्दीपुर भ्रमण वर्ष”का रूपमा मनाउने तयारी गरिएको छ । यो कार्यक्रम बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि एउटा गतिलो माध्यम बन्ने देखिन्छ । बन्दीपुरको प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई प्रवर्द्धन गर्नु मात्र नभई यस क्षेत्रको समग्र अर्थतन्त्रमा योगदान पु¥याउन यो भ्रमण वर्ष कार्यक्रम उपलब्धी मुलक बन्न सक्दछ । पहाडकी रानीको उपनामले परिचित यो नगरीलाई विश्वस्तरमा चिनाउने यस महत्वपूर्ण अवसरले पर्यटन क्षेत्रको नयाँ दिशा तय गर्ने अपेक्षासमेत गरिएको छ । बन्दीपुरको भ्रमण वर्ष २०२५ सुरु हुनु अघि नै यसको तयारी थालिएको छ । स्थानीय स्तरमा रोजगारका अवसर सिर्जना गर्दै पर्यटनलाई आर्थिक विकासको प्रमुख साधन बनाउनु यो कार्यक्रमको प्रमुख उद्देश्यका रुपमा अगाडि ल्याइएको छ । कार्यक्रममार्फत स्थानीय होमस्टे, होटल व्यवसायी र अन्य पर्यटनसँग सम्बन्धित क्षेत्रका व्यवसायीहरूको सञ्जाललाई मजबुत बनाउन, साथै सांस्कृतिक र पर्यटकीय गतिविधिहरूको माध्यमबाट यस क्षेत्रको ब्राण्डिङलाई सशक्त बनाउन स्थानीयको ऐक्यवद्धा महत्वपूर्ण हुन्छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ को प्रमुख आकर्षण भनेको सांस्कृतिक कार्यक्रम, फूड फेस्टिवल, र साहसिक गतिविधिहरू रहेका छन् । स्थानीय उत्पादनहरूको बजारीकरण र सांस्कृतिक धरोहरहरूको संरक्षणका लागि कार्ययोजना तयार गरिएको छ । यस्तो व्यापक गतिविधिहरूले पर्यटकको बसाइलाई लम्ब्याउने र यहाँको पर्यटन पूर्वाधारलाई थप बलियो बनाउन मद्दत पुग्ने छ । नयाँ वर्षका अवसरमा आयोजना गरिने तीन दिनसम्मको कार्यक्रमले यहाँ आउने पर्यटकोलाई केवल प्राकृतिक दृश्यावलोकनको अवसर मात्र नभई बन्दीपुरको सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीलाई पनि नजिकबाट निहाल्ने अवसर सृजना हुने छ । यस कार्यक्रमको सफलता स्थानीय बासिन्दा, गाउँपालिका, होटल व्यवसायी र पर्यटन उद्योगका विभिन्न सरोकारवालाहरूको सघन सहभागितामा निर्भर हुनेछ। बन्दीपुर भ्रमण वर्षको आयोजनामा सार्वजनिक र निजी क्षेत्रको सहकार्य एक महत्वपूर्ण पक्ष हुनेछ । कार्यक्रमको सञ्चालनमा ५० प्रतिशत खर्च स्थानीय पालिका र ५० प्रतिशत खर्च अन्य संघसंस्थाहरू र सरोकारवालाहरूले व्यहोर्ने नीतिले यस कार्यक्रममा सबै पक्षको समान सहभागितालाई दर्शाएको छ । यसले यथार्थमा स्थानीय समुदायको प्रत्यक्ष योगदान र जिम्मेवारीलाई पनि बल पु¥याउनेमा विश्वास लिन सकिन्छ ।

बन्दीपुर भ्रमण वर्षको एक महत्वपूर्ण अंश भनेको स्थानीय गाइडहरूको तालिम र पर्यटकीय पूर्वाधारको विकास हो । २२ जना गाइडलाई तयारी अवस्थामा राखिएको छ, जसले पर्यटकलाई न केवल शहरका प्रमुख गन्तव्यहरूको जानकारी दिनेछन्, बरु बन्दीपुरको संस्कृति, इतिहास र परम्पराका बारेमा विस्तृत जानकारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् । यसका साथै, सार्वजनिक बिदा र विशेष अवसरहरूमा पर्यटकोंको आगमनमा वृद्धि देखिने अपेक्षासमेत गरिएको छ। यद्यपि बन्दीपुरमा पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ, बास बस्ने पर्यटकहरूको संख्या भने केही घटेको देखिएको छ । यस समस्या समाधानका लागि स्थानीय व्यवसायीहरूले पैकेज टुर र आकर्षक प्रस्तावहरूसँग पर्यटकलाई आकर्षित गर्ने प्रयास गर्नुपर्ने देखिन्छ । यस वर्षको भ्रमण वर्षले भने यो चुनौतीलाई अवसरमा बदल्न यहाँका बास बस्ने संरचनाहरूमा सुधार र नयाँ विकल्पहरू उपलब्ध गराउन सक्नुपर्दछ । ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सँगै बन्दीपुरमा पर्यटकीय गतिविधिहरूको नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ । यस वर्षको कार्यक्रमले केवल बन्दीपुरको पर्यटनलाई पुनः प्रज्वलित गर्ने मात्र होइन, यसले अन्य क्षेत्रीय गन्तव्यहरूलाई पनि सशक्त बनाउने अवसर दिनेछ । यदि सही रणनीति र योजनाका साथ कार्यक्रमको कार्यान्वयन गरियो भने, यसले स्थानीय जीवनस्तरमा सुधार ल्याउने, रोजगारीका अवसरहरू सिर्जना गर्ने र नेपालको पर्यटन क्षेत्रमा नयाँ परिभाषा थप्नेछ । अब समय आएको छ कि बन्दीपुरलाई एक वैश्विक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई विश्वभर चिनाउने । बन्दीपुर भ्रमण वर्ष–२०२५ यसको शुरुवात मात्र भएकाले यस कार्यक्रमलाई सफल र उपलब्धी मुलक बनाउनका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट हातेमालो गरी अगाडि बढ्न खाँचो छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker