शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम

तनहुँको भानु नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरेको आधारभूत र माध्यमिक तहका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिममा सहभागि भएका शिक्षकहरु । बुधबार माध्यमिक तहको चौथो दिन तथा आधारभूत तहको तेस्रो दिनका शेसनहरूमा शिक्षा तालिम केन्द्र दमौलीका रोष्टर प्रशिक्षकद्वय रूपिन्द्र प्रभावी जोशी र अनुप बाबू श्रेष्ठले सहजीकरण गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए । तस्विर : भञ्ज्याङ










