म्याग्देका ६६ जना श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत गर्ने म्याग्दे गण्डकी प्रदेशमा दोस्रो तनहुँमा पहिलो पालिका बनेको छ । गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६६ जना मजदुरलाई उक्त कोष आबद्ध गराएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । मजदुर सञ्चित कोष सञ्चालन कार्यविधि, २०८१ को दफा १२ बमोजिम गठित वडास्तरीय विपन्न मजदुर छनोट समितिले दफा १३ को उपदफा १ बमोजिम सिफारिस गरेको अंकलाई गाउँपालिका मजदुर सञ्चित कोष सञ्चालन तथा विपन्न मजदुर छनोट समितिले पुनरावलोकन गरी ७८ जनालाई कोषमा आबद्ध गराउने निर्णय गरेको थियो । तीमध्ये पहिलो चरणमा ६६ जनालाई सूचीकृत गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुर वर्गलाई लक्षित गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयन गरेको उनले बताए ।
दैनिक रु ८०० देखि रु एक हजार ५०० सम्म आम्दानी गर्ने भएपनि न्यून बचतका कारण संकटको अवस्था सामाना गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, आवासलगायत मानवीय र सामाजिक विकासको अवस्था कमजोर भएकाहरूका लागि ‘म्याग्दे गाउँपालिकाको मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि, २०८१’ कोष स्थापना गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष श्रेष्ठले बताए ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले गण्डकी प्रदेशमा पहिलोपटक उक्त कोष कार्यान्वयनमा ल्याएको थियो । पालिकाको उक्त कोष सञ्चालन कार्यविधिबमोजिम पालिकाभित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्ष्य गरी स्थापना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ। उनका अनुसार गाउँपालिकाले आफ्नै घर भए÷नभएको, परिवारमा रोजगार छ÷छैन, आश्रित परिवारको संख्यालगायत पक्षलाई विश्लेषण गरी मजदुर छनोटको आधार तयार पारेको छ ।
सूचीकृत मजदुरले सार्वजनिक विकास, निर्माणमा संलग्न हुँदा प्राप्त गर्ने ज्याला रकम अनिवार्य रूपमा बैंकिङ प्रणालीबाट भुक्तानी प्राप्त गर्नेछन् । भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरेपश्चात् पालिकाका तर्फबाट १५ प्रतिशत रकम चौमासिक रूपमा मजदुरको बैंक खातामा बचत गर्ने व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनका अनुसार उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकमबाहेक स्वास्थ्य बिमालगायत अन्य सुविधा पनि पाउनेछन् ।
दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको सम्पूर्ण आम्दानी दैनिक घर खर्चमा जाने अवस्था भएकाले मजदुरको बचत गर्ने बानीको विकास गर्न तथा श्रमिक वर्गलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन उक्त कोष कार्यान्वयनमा ल्याइएको अध्यक्ष श्रेष्ठले बताए ।

एकल महिलालाई अनुदानमा बाख्रा वितरण

यस्तै, गाउँपालिकाले एकल महिलाको आर्थिक अवस्था सुधार्न र उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न ७५ प्रतिशत लागत साझेदारीमा बाख्रा वितरण गरेको छ । शुक्रबार गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २८ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार, एक बाख्राको कुल लागत १२ हजार रुपैयाँ रहेको छ जसमा ९ हजार रुपैयाँ गाउँपालिकाले व्यहोर्ने र बाँकी ३ हजार रुपैयाँ लागत एकल महिलाले व्यहोर्ने व्यवस्था गरिएको छ ।
चालू आर्थिक वर्षका लागि यस कार्यक्रमका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले भने, ‘यो कार्यक्रमले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र उनीहरूको जीविकोपार्जनमा ठोस सहयोग पु¥याउने विश्वास छ ।’
कार्यक्रममा सहभागी एकल महिला सिर्जना विकले बाख्रा पाउँदा आफूमा ठूलो आत्मविश्वास आएको र यस सहयोगले जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताइन् । म्याग्दे गाउँपालिकाले विगतमा पनि कृषि, व्यवसाय र सीप विकास सम्बन्धी विभिन्न कार्यक्रममार्फत एकल महिलाको उत्थानमा निरन्तर काम गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले थपे, ‘हामी सामाजिक सुरक्षा र आर्थिक समृद्धिका लागि एकल महिलालाई बलियो बनाउने तर्फ प्रतिबद्ध छौं । भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर जारी रहनेछन् ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker