भानुभक्तको साहित्यिक योगदान सम्झिंदै १५८औं स्मृति दिवस मनाइयो

भानु : नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको १५८औँ स्मृति दिवस भानु नगरपालिका–१, सतीघाटमा विविध कार्यक्रमसहित मनाइएको छ । आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानको स्मरण तथा नेपाली भाषा–साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, गोकर्णेश्वर नगरपालिकाका साहित्यिक स्रष्टा, भानु नगरपालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, स्थानीय आमा समूह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा तथा साहित्यको विकासमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको थियो । सहभागी वक्ताहरूले भानुभक्तको साहित्यिक योगदान र सिर्जनालाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिए ।

भानुभक्तको स्मृतिमा आयोजित कार्यक्रमले नेपाली भाषा–साहित्यको संरक्षण, प्रवर्द्धन र आदिकविको साहित्यिक विरासतलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker