फाेटाे फिचर
-
१३ फाल्गुन २०८०, आईतवार ११:५२हिउँमा खेल्दै बालबालिका
मनाङ हिमपातपछि सेताम्य भएको चामे गाउँपालिका-१ तिमाङमाका बालबालिका हिउँमा खेल्दै । तस्बिर : रासस
पुरा पढ्नुहोस -
१३ फाल्गुन २०८०, आईतवार ११:५०विद्यालयलाई डस्टवीन
तनहुँको म्याग्दे गाउँपालिका-२ राधा माध्यमिक विद्यालयलाई डस्टवीन हस्तान्तरण गर्दै लायन्स क्लब अफ तनहुँ म्याग्देका अध्यक्ष गौरवराज राना । क्लबले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत विद्यालयलाई सहयोग गरेको हो । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ फाल्गुन २०८०, शुक्रबार ११:१०डायलाइसिस सेवा
तनहुँको आँवुखैरेनी अस्पतालबाट डायलाइसिस सेवा लिदै मृगौला रोग पीडित । आँवुखैरेनी गाउँपालिकाले सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरी डायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ फाल्गुन २०८०, शुक्रबार ११:०२तीनधारेको त्यो चिसोपानी ….. !
पहाडकी रानी उपनामले परिचत तनहुँको पर्यटकीय नगरी बन्दीपुर स्थित ऐतिहासिक स्थल तीनधारे । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० फाल्गुन २०८०, बिहीबार १२:००टोलटोलमा स्वास्थ्य सेवा
तनहुँको भिमाद नगरपालिका-३ को बेल्छाप टोलका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । वडा कार्यालयले टोलटोलमै ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ परीक्षण, उपचार तथा परामर्श सेवा सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० फाल्गुन २०८०, बिहीबार ११:५२नेवार समुदायको लाखेनाच
तनहुँको दमौलीमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय तनहुँ शाखाले बुधबारदेखि आयोजना गरेको पाँचदिने राजयोग मेडिटेसनका अवसरमा निकालिएको शोभायात्रामा लाखेनाच सहित सहभागि भएका स्थानीय नेवार समुदायका युवायुवतीहरु । उक्त कार्यक्रम दमौली खुल्लाचौरमा फागुन १३ गतेसम्म सञ्चालन गरिने भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ फाल्गुन २०८०, बुधबार १३:१९दमौली बजारका घर भत्काउन थालियो
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा सडकसिमा भित्र रहेका घर भत्काइदै । घर नभत्काउँदा सडक विस्तार कार्य रोकिएको छ । सडक विस्तार योजना (पूर्वीखण्ड)का अनुसार दमौली बजारका ७४ घर भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्दछन् ।…
पुरा पढ्नुहोस -
९ फाल्गुन २०८०, बुधबार १२:४२बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन
तनहुँको ऋषिङ गाउँपालिकाको कोटदरबार स्वास्थ्य चौकीको सेवा क्षेत्रका बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन कार्यक्रममा सहभागि अभिभावकहरु । स्वास्थ्य चौकीले बालबालिकालाई पूर्ण खोप लगाएर असल अभिभावक र नमुना परिवारको प्रमाणपत्र समेत प्रदान गर्ने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ फाल्गुन २०८०, मंगलवार १२:३०ढुङ्गामा आकर्षक आकृति
तनहुँको आँवुखैरेनी गाउँपालिका स्थित पृथ्वीराजमार्गसंगै रहेको ऐना पहराका ढुङ्गामा बनाइएका आकर्ष आकृति । ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिकाले ढुङ्गामा विभिन्न आकर्षक आकृतिहरु तयार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिरहेको छ । गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना अगाडि…
पुरा पढ्नुहोस