फाेटाे फिचर
-
१६ मंसिर २०७९, शुक्रबार ११:३६घरमै स्वास्थ्य परीक्षण सेवा
तनहुँको ऋषिङ गाउँपालिका-२ ग्वास्लुङ गाउँकै एक ज्येष्ठ नागरिकको घरमै रक्तचापको परीक्षण गर्दै स्वास्थ्यकर्मी । ग्वास्लुङ सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मीहरु तिलक रानाभाट र बसन्ती आले मगरले आफ्ना सेवा क्षेत्रका घर, टोलटोलमा पुगेर ज्येष्ठ नागरिक, बालबालिका तथा युवायुवतीहरुलाई रक्तचाप परीक्षणका साथै स्वास्थ्य परामर्श सेवा दिंदै आएका…
पुरा पढ्नुहोस -
१५ मंसिर २०७९, बिहीबार ११:५५विद्यालयमै जुकाको औषधि
तनहुँको ऋषिङ गाउँपालिका-२ स्थित राधा आधारभूत विद्यालयका बालबालिकालाई जुकाको औषधि खुवाउँदै ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी । स्वास्थ्य इकाईले ५ वर्ष माथिका बालबालिका र शिक्षक शिक्षिकाहरुलाई यस आर्थिक बर्षो पहिलो चरणमा जुकाको औषधि (Albendazole) खुवाउन थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ मंसिर २०७९, बुधबार ०९:२५ऋषिङ गढीडाँडा (फोटोफिचर)
तनहुँको ऋषिङ गाउँपालिकाको गढीडाँडाबाट प्राकृतिक सुन्दरता अवलोकन गर्दै युवायुवतीहरु । समुन्द्री सतहबाट करिब १२६० मिटर उचाइमा रहेको यस ऐतिहासिक गढीबाट उदाउँदो र अस्ताउँदो सूर्य, हिमाल र पहाडका मनोरम तरेली सहजै अवलोकन गर्न सकिन्छ । गाउँपालिकाले यस गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण…
पुरा पढ्नुहोस -
१३ मंसिर २०७९, मंगलवार ०९:२८अलपत्र निर्माणकार्य
तनहुँको भानु मोटरमार्ग अन्तर्गत भानु-१३ को चन्द्रवादी-पोखरीछाप खण्ड स्तरोन्नतीकार्य अगाडि बढाइएपनि अलपत्र बनेको निर्माण कार्य । निर्माण व्यवसायीले समयमै काम अगाडि नबढाउँदा ठेक्का अवधि सकिदा करिब १२ प्रतिशतमात्र कामको प्रगति भएको छ । आगामि असार मसान्तसम्म यो सडक खण्ड कालोपत्रे कार्य सम्पन्न गर्ने गरी समय…
पुरा पढ्नुहोस -
१३ मंसिर २०७९, मंगलवार ०९:१२डोको बुन्दै वृद्ध
मोरङको सुन्दरहरैँचा-७, गोठगाउँका ८५ वर्षीय जयप्रसाद दाहाल डोको बुन्दै । आफूले बनेको बासको डोको प्रतिगोटा रू ५०० मा बिक्री हुने दाहाल बताउनुहुन्छ । तस्बिर : मणिराम दाहाल/रासस
पुरा पढ्नुहोस -
१२ मंसिर २०७९, सोमबार ०९:१८संस्कृति र प्रकृति
तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङस्थित मगर लाफा भिलेजबाट देखिएको हिमाललाई पृष्टभूमिमा राखेर तस्विर खिचाउँदै युवतीहरु । मगर समुदायको संस्कृति झल्कने गरी निर्माण गरिएको मगर लाफा भिलेजमा मगर संस्कृतिको अध्ययन अवलोकन गर्न तथा यहाँबाट देखिने प्राकृतिक दृष्यावलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ मंसिर २०७९, सोमबार ०९:०६बाल सुधार गृह भवन
तनहुँको आँवुखैरेनी गाउँपालिका-२ ढकालटारमा निर्माणाधिन बाल सुधार गृह भवनको आइतबार शिलान्यास गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान लगायतको उपस्थितिमा भवन शिलान्यास गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ मंसिर २०७९, आईतवार ११:२७परम्परागत काठे कोलमा अमिलो निकाल्दै
तनहुँको ऋषिङ गाउँपालिका-२ मा परम्परागत काठे कोलमा निवुआ पेलेर अमिलो निकाल्दै स्थानीय महिला। कोलमा पेलेर निकालिएको अमिलो पकाएपछि लामो समयसम्म नबिग्रिने स्थानीय बताउँछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ मंसिर २०७९, आईतवार ११:२५मेशिनबाट मास झार्दै
तनहुँको भानु नगरपालिका-२ का कृषकहरु आधुनिक मेशिनको प्रयोग गरी मास झार्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस