फाेटाे फिचर
-
४ पुष २०८२, शुक्रबार १३:३६पुलसंग जोडिने पहुँच मार्ग
पृथ्वीरामार्जको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलसम्म पुग्ने पहुँच सडक निर्माणका लागि भित्तो कटान गरिदै । सडक विस्तार योजनाले आगामि वैशाखसम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ पुष २०८२, बिहीबार १२:५१लेकाली रायो सागको गुन्द्रुक
तनहुँको आँवुखैरेनी गाउँपालिका–६ घलडाँडाका कृषक लक्ष्मण गुरुङ लेकाली रायो सागबाट ग्रामीण शैलीमा उत्पादन गरिएको गुन्द्रुक सुकाउँदै । समुन्द्री सतहबाट करिब १६ सय मिटर उचाईमा फैलिएको छिम्केश्वरी क्षेत्रका कृषकले उत्पादन गरेको रायोको साग र सागबाट तयार गरिएको गुन्द्रुक बजारमा राम्रो माग रहेको छ । नेपालको रैथाने…
पुरा पढ्नुहोस -
२ पुष २०८२, बुधबार १३:१०भेषभुषामा सजिएका किशोरीहरु
तनहुँको व्यास नगरपालिका–१० वैरेनीका बोटे समुदायका किशोरीहरु जातीय पहिचान झल्कने भेषभूषामा। व्यास नगरपालिका क्षेत्र बोटे समुदायको आदिम थलो मानिने गरिएता पनि यो समुदायको संस्कार संस्कृति लोपको संघारमा पुगेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ पुष २०८२, बुधबार १३:०६सडक ढलान
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ लम्सालडाँडाको माईस्थान टोलमा ढलान गरी बाटो निर्माण गरिदै । वडाअध्यक्ष बुद्धि थापा सहितको टेलीले वडामा भएका विकास निर्माणका कामको मंगलबार स्थलगत अनुगमन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ पुष २०८२, मंगलवार १२:५६बन्दीपुरको सुन्तला
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएको सुन्तला सिलथोकमा ल्याएर ग्रेडिङ गरी बन्दीपुर, डुम्रे, दमौली, पोखरा र चितवन लगायत बजारमा पठाउने तयारी गरिँदै । करिब २२ रोपनी क्षेत्रफलमा लगाइएको तीन हजार बोटमा उत्पादन भएका सुन्तलाबाट उहाँले यस वर्ष रु २५ लाख आम्दानी गर्ने…
पुरा पढ्नुहोस -
२९ मंसिर २०८२, सोमबार १३:०७फेवातालमा …..
पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा आइतबार डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । पर्यटकीयाम भएकाले यतिबेला पोखरा तथा आसपासका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक तथा वाह्य पर्यटकको आवागमन बढेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ मंसिर २०८२, शुक्रबार ११:४५विद्यार्थीको साँस्कृतिक नृत्य
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले दमौलीमा विहीबारदेखि सुरु गरेको खेलकुद महोत्सव उद्घाटन समारोहमा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु । प्रतियोगितामा उत्कृष्ट सहभागी संख्या, झाँकी र अनुशासन देखाएका विद्यालयलाई दुई–दुई हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ मंसिर २०८२, शुक्रबार ११:४०तनाव व्यवस्थापनका लागि सम्झौता
तनहुँको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालय र प्रदेश अस्पताल दमौलीबाट तनाव व्यवस्थापन सम्बन्धी तालिम सञ्चालनका लागि बिहीबार सम्झौता भएपछि सम्झौतापत्र आदानप्रदान गर्दै प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा नारायण श्रेष्ठ र दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराल । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ मंसिर २०८२, बिहीबार १२:५५हिंसा विरुद्ध सचेतनामूलक र्याली
तनहुँको घिरिङ गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन बुधबार “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ वडा नं. ५ को देउरालीबाट मानपुरसम्म आयोजना गरेको सचेतनामूलक र्यालीका सहभागिहरु। महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यका साथ…
पुरा पढ्नुहोस