फाेटाे फिचर
-
२६ आश्विन २०८२, आईतवार १२:३०बन्दीपुरको चिनो
तनहुँको बन्दीपुर घुम्न आएका आन्तरिक पर्यटकहरु विभिन्न समुदायको भेषभूषामा सजिएर तस्विर खिचाउँदै । पर्यटकीय सिजन सुरु भएसंगै बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ आश्विन २०८२, आईतवार १२:२८बन्दीपुरको आकर्षण “मिनी ग्रेटवाल“ मुकुन्देश्वरी पदमार्ग
तनहुँको पर्यटकीय नगरी बन्दीपुर–२, थानीमाई मन्दिर नजिकै निर्माण गरिएको ‘मुकुन्देश्वरी पदमार्ग’ चीनको ग्रेटवालको झल्को दिने शैलीमा तयार पारिएको आकर्षक पर्खाल र सुन्दर दृश्यावलोकन स्थलले पर्यटकलाई लोभ्याउने नयाँ गन्तव्य बनेको छ । तस्बिरः सागर गिरी/रासस
पुरा पढ्नुहोस -
२२ आश्विन २०८२, बुधबार १३:२२फूल्यो सयपत्री फूल
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेकी मञ्जुु श्रेष्ठले लगाएको सयपत्री फूल खेती । तिहार पर्वलाई लक्षित गरी लगाइएको फूल फुल्न थालेपछि उनले बजार खोजेकी छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ आश्विन २०८२, मंगलवार १२:५५सकियो दशैं, धान पनि पाक्यो
तनहुँको ऋषिङ गाउँपालिका–५ रूपटारका कृषकहरु पाकेको धान काट्दै । यस वर्षको दशैं सकिए लगत्तै कृषकहरु पाकेको धान खेती थन्काउन व्यस्थ हुन थालेका छन् । केही दिन अगाडिको झरिले पाकेको धानमा क्षति पु¥याउने चिन्तामा रहेका कृषकहरु पानी पर्न छाडी घाम लाग्ने थालेसंगै पाकेको खेती थन्काउन हतारिएका…
पुरा पढ्नुहोस -
२१ आश्विन २०८२, मंगलवार १२:५३गाउँमा दशै मनाएर सहर झर्नेको भिड
तनहुँको ग्रामीण क्षेत्रमा दशैं पर्व मनाउन गएकाहरु सोमबार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार चोकमा बसबाट ओर्लदै । दशैं पर्व मनाउन गएकाहरुका कारण केही दिन गाउँमा चहलपहल बढेपनि दर्शै सकिएसंगै मानिसहरु बजार तथा आफ्नो पेशा व्यवसायमा फर्कन थालेसंगै गाउँ पुनः सुनसान हुन थालेको छ…
पुरा पढ्नुहोस -
२० आश्विन २०८२, सोमबार १२:१६व्यावसायिक गोलभेडा खेती
तनहुँको भिमाद नगरपालिका–९ सखेपका डोलराज गुरुङ पाकेको गोलभेडा बिक्री गर्नका लागि टिप्दै । गुरुङले व्यावसायिक रुपमा गोलभेडा र अकबरे खुर्सानी खेती गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ आश्विन २०८२, शुक्रबार ०८:२१प्राकृतिक छटाले भरिपूर्ण तनहुँको मिर्लुङ्कोट क्षेत्रको हरियाली दृश्य
प्राकृतिक छटाले भरिपूर्ण तनहुँको मिर्लुङ्कोट क्षेत्रको हरियाली दृश्य । जिल्लाको दोश्रो उच्च पहाडी भूधरातल क्षेत्रमा फैलिएको मिर्लुङकोट प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक हिसाबले महत्त्वपूर्ण रहेकोछ । यो क्षेत्र ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य भएपनी यसको प्रवर्द्धन र पूर्वाधार विकासमा स्थानीय तथा सरोकारवाला निकायको उचित ध्यान पुग्न…
पुरा पढ्नुहोस -
१५ आश्विन २०८२, बुधबार १२:०१दशैमा रोटेपिङको रमाइलो
तनहुँको बन्दीपुर गाउँपालिका–१ प्युघरमा निर्माण गरिएको चर्खे पिङ (रोटेपिङ) खेलेर रमाउँदै बन्दीपुर घुम्न आएका पर्यटकहरू । दशैं र तिहारमा चर्खे पिङ चढ्ने परम्परा रहेपनि पछिल्लो समय युवापुस्ता नहुँदा ग्रामीण क्षेत्रमा पिङ हाल्ने प्रचलन लोप हुँदै गएको छ । पहिले गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो, तर…
पुरा पढ्नुहोस -
१४ आश्विन २०८२, मंगलवार ११:४६अर्चले खेलकुद उत्सवको विजेता टिम
तनहुँको भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा आयोजना गरेको अर्चले खेलकुद उत्सव अन्तर्गत भलिबल प्रतियोगिताका विजेता भानु नगरपालिका–१ भन्सार युवा परिवारका खेलाडीहरु पुरस्कार ग्रहणपछि सामुहिक तस्विरमा । सोमबार सम्पन्न फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो…
पुरा पढ्नुहोस