फाेटाे फिचर
-
११ माघ २०८१, शुक्रबार १२:०१सडक सुरक्षाका लागि संकेत बोर्ड
पृथ्वीराजमार्गको आँवुखैरेनी–पोखरा सडक विस्तारसंगै सडक दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले तीब्रगति रोक्न ट्राफिक संकेत बोर्डहरु राख्दै । राजमार्गमा तीब्रगतिबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले कार्यालय मातहतको बिलमनगरदेखि दमौली बजारसम्मको सडक खण्डको बिभिन्न मोड तथा घुम्ती भएका स्थानहरुमा स्पिड लिमिटका १६ थान…
पुरा पढ्नुहोस -
१० माघ २०८१, बिहीबार ११:५२सडकको बीचमा डिभाइडर निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारमा सडक विस्तारका लागि डिभाइडर निर्माण गरिदै । डुम्रे बजार क्षेत्रमा छ लेनको सडक निर्माणका लागि तीब्रगतिमा काम अगाडि बढाइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ माघ २०८१, बुधबार १०:२९घिरिङका कृषक सुन्तलाखेती गोडमेल गर्दै
तनहुँको घिरिङ गाउँपालिका–३ उवाथोकका कृषकहरु सुन्तलाखेतीको गोडमेल र औषधि उपचार गर्दै । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवासयिक कृषि उत्पादन केन्द्रको आ.व. २०८१/०८२ मा नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको कृषि विकास शाखाले उवाथोक कृषक समूहमा आवद्ध कृषकहरुलाई सुन्तलाखेती प्रविधि र यसको वगैंचा व्यवस्थापन…
पुरा पढ्नुहोस -
८ माघ २०८१, मंगलवार ११:३२घरदैलोमै स्वस्थ्य सेवा
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर स्वास्थ्य चौकी अन्तर्गतका सेवाग्राहीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै चौकीका स्वास्थ्यकर्मीहरु । स्वास्थ्य चौकीले सेवा क्षेत्रका स्वास्थ आमा समूह नियमित बैठक गरी वालवालिकाको वृद्धिविकास, गर्भवती आमा तथा वालवालिकाको पोषण अवस्थाका विषयमा अनुगमन तथा जानकारी लिनुका साथै वृद्धवृद्धाको रक्तचाप मापन र…
पुरा पढ्नुहोस -
७ माघ २०८१, सोमबार ११:०४धराप बन्दै व्यासभूमिको प्रवेशद्वार
हिन्दुधर्मालम्बिको पवित्रस्थल चार वेद अठार पुराणका रचयित महर्षि वेदव्यासको तपोभूमि प्रवेशद्वार (गेट) मर्मतसुधार नगरिदा धरापमा पर्दै गएको छ । प्रवेशद्वारमा प्रयोग गरिएको काठ मक्किएर भाँचिने अवस्थामा पुगेसंगै काठबाट अडाइएका बुट्टेदार इट्टा लगायतका संरचना खस्ने अवस्थामा पुगेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ माघ २०८१, आईतवार १३:०३नवौं तनहुँ महोत्सव
तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौं तनहुँ महोत्सव–२०८१ को व्यवसायीक स्टलहरुमा शनिबार देखिएको चहलपहल । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा शनिबार उल्लेख्य मात्रमा दर्शकहरुको सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ माघ २०८१, शुक्रबार १२:२३दमौलीमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली बजार क्षेत्रमा सडक विस्तार कार्य गरिदै । दमौली बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिदैछ । मुग्लिन–पोखरा सडक खण्ड विस्तार योजनाको पूर्वीखण्ड (आँवुखैरेनी–जामुने)मा करिब ७५ प्रतिशत सडक विस्तारको भौतिक प्रगति भएको बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ माघ २०८१, शुक्रबार १२:२१शिरोधारा उपचार सेवा
तनहुँको भिमाद नगरपालिकास्थित भिमाद आयुर्वेद औषधालयमा शिरोधारा उपचार सेवा लिदै एक सेवाग्राही । औषधालयमा विहीबारबाट यो सुरु गरिएको गणेश प्रसाद कोईरालाले जानकारी गराएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ माघ २०८१, बिहीबार १२:३०नवौं तनहुँ महोत्सव
तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौं तनहुँ महोत्सवको व्यवसायिक स्टलहरुमा बुधबार देखिएको चहलपहल । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस