फाेटाे फिचर
-
२५ पुष २०८१, बिहीबार १५:४०नवौं तनहुँ महोत्सव सुरु (फोटोफिचर)
तनहुँ उद्योग वाणिज्य संघले आजबाट दमौलीमा नवौं तनहुँ महोत्सव–२०८१ सुरु गरेको छ । महोत्सव शुभारम्भका अवसरमा दमौलीमा आ–आफ्नो पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ कृषि, पर्यटन तथा प्रविधि महोत्सव…
पुरा पढ्नुहोस -
२५ पुष २०८१, बिहीबार ११:४४मगर वेषभूषामा सजिएका युवती
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लमजुङको ३४औँ प्याब्सन दिवसको अवसरमा बुधबार बेँसीसहरमा आयोजित पदयात्रामा कार्यक्रममा मगर वेषभूषामा सजिएका मगर युवती । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
२४ पुष २०८१, बुधबार १२:२०छाब्दी बाराही मन्दिर
तनहुँको व्यास नगरपालिकास्थित छाब्दी बाराही मन्दिर । धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा आफ्नो मानोकाङ्क्षा पुरा भएको÷पुरा गराउनका लागि पूजाअर्चना तथा दर्शन गर्नका लागि भक्तजनहरुको भिड लाग्ने गर्दछ । नगरपालिका तथा स्थानीयहरुले यस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाका साथ…
पुरा पढ्नुहोस -
२४ पुष २०८१, बुधबार १२:०८डुम्रे बजार
तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजार पृथ्वीराजमार्गसंगै रहेको यो बजार क्षेत्रमा अहिले छ लेनको सडक विस्तारको काम भइरहेको छ । सडक सिमाभित्र रहेका संरचनाहरु केही स्थानीयले नहटाउँदा सडकलाई छ लेनमा विस्तार गर्ने कार्य विलम्ब हुँदै आएको छ । केही व्यक्तिका कारण समयमै बजार क्षेत्रमा सडक…
पुरा पढ्नुहोस -
२३ पुष २०८१, मंगलवार १६:५६विद्युतको समस्याले खानेपानी आयोजना बन्द
तनहुँको म्याग्दे गाउँपालिका–२ को डुमडाँडा, गुञ्जार र सिप्ले गाउँका बासिन्दालाई हिउँदको समयमा सहज रुपमा खानेपानी वितरणका लागि लिफ्ट प्रविधिबाट निर्माण गरिएको उमाचोक खानेपानी आयोजनाको पानी संकलन ट्याङ्की । विद्युत लाइनमा समस्या आएपछि गत भदौ महिनादेखि लिफ्ट प्रविधिबाट पानी तान्ने कार्य रोकिएको छ । हिउँद लागेसंगै…
पुरा पढ्नुहोस -
२३ पुष २०८१, मंगलवार ११:३६पाहुना स्वागतका लागि फूलमाला
तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँका घरबासका सञ्चालक महिलाहरु पाहुनालाई स्वागत गर्न फूलबाट माला तयार गर्दै । नगरपालिकाले रुम्सी गाउँलाई ग्रामीण पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्थानीयहरु पनि घरबास कार्यक्रम मार्फत आर्थिक उपार्जनका साथै स्थानीय संस्कार सस्कृति संरक्षणमा…
पुरा पढ्नुहोस -
२२ पुष २०८१, सोमबार १२:२५मादी नदीमा निर्माणाधिन पुल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थित मादी नदीमा पक्कि पुल निर्माण गरिदै । राजमार्गको मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने योजना अन्तर्गत यहाँ पुलन निर्माण गर्न लागिएको हो । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ पुष २०८१, सोमबार १२:०३रत्नेचौरको भाइरल तोरीबारी
म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर गाउँको तोरीबारी र पृष्ठभूमिमा धौलागिरी हिमालको दृश्य। यो गाउँ कृषि उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि चर्चामा छ भने यहाँको तोरीबारी टिकटक तथा अन्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस
पुरा पढ्नुहोस -
२१ पुष २०८१, आईतवार १२:०९प्रथम मेयर कप भलिबल प्रतियोगिता
तनहुँको व्यास नगरपालिकाको खेलकुद समितिले आयोजना गरेको ‘प्रथम मेयर कप भलिबल प्रतियोगिता’को उपाधिका लागि प्रतिस्पर्धा गर्दै वडा नंं. ६ र १३ का खेलाडीहरु । प्रतियोगितामा वडा नं. ६ ले वडा नं. १३ लाई ३–२ को सेटले पराजित गरी उपाधि हात पारेको छ । प्रतियोगितामा वडा…
पुरा पढ्नुहोस