फाेटाे फिचर
-
२८ मंसिर २०८१, शुक्रबार ०९:४१सांस्कृतिक भेषभुषमा सजिएका विद्यार्थी
एनप्याव्सन तनहुँद्वारा दमौलीमा आयोजित १२औँ खेलकुद महोत्सवका अवसरमा निकालिएको ¥यालीमा विभिन्न समुदायको पहिचान झल्कने भेषभूषामा सजिएर सहभागी भएका विद्यार्थीहरु । तस्विरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ मंसिर २०८१, शुक्रबार ०९:३३निर्माणाधीन पुल
तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माण हुँदै गरेको पुल । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १० करोड १० लाख ९१ हजार १६६ रुपैयाँको लागतमा पुल निर्माण सुरु गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ मंसिर २०८१, बिहीबार १२:१४दुई जिल्ला जोड्ने पुल निर्माणको तयारी
तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको हरिनास गाउँपालिकाको सिमानामा रहेको दग्दी खोला माथि पक्कि पुल निर्माणका लागि प्राविधिक टोलीसहित अध्ययन गर्दै । यहाँ पुल नहुदा स्थानीय नागरिकले बेहेर्नु परेको कठीनाई हल गर्ने उद्देश्यले दुवै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा पक्की पुल निर्माणका लागि प्राविधिक सहित…
पुरा पढ्नुहोस -
२५ मंसिर २०८१, मंगलवार ११:१६छिम्केश्वरीको गुन्द्रुक
तनहुँको आँवुखैरेनी गाउँपालिकाको छिम्केश्वरीकी एक वृद्धा आफुले उत्पादन गरेको गुन्द्रुक गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारमा बिक्रीका लागि लैजाने तयारी गर्दै । छिम्केश्वरी क्षेत्रमा उत्पादित कृषि उपज आँवुखैरेनी बजारमा सञ्चालित शुक्रबारे कृषि हाटबजारमा राम्रो मूल्यमा खरिदबिक्री हुनेगरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ मंसिर २०८१, सोमबार १२:२६परम्परागत रुपमा कोदो चुट्दै कृषक
तनहुँको भिमाद नगरपालिका–३ शेर्काका कृषकहरु सामुहिक रुपमा कोदोको बाला चुट्दै । कोदोका बाला बारीबाट टिपेर घरमा ल्याएपछि केही दिन गुम्साएर चुटेर बालाबाट कोदो अलग बनाएर थन्काउने गरिन्छ । पछिल्लो समय बजार क्षेत्रमा कोदोको माग बढेपनि कोदो खेती घट्दै गएको छ भने कोदो खेतीका लागि धेरै…
पुरा पढ्नुहोस -
२३ मंसिर २०८१, आईतवार १२:०९विभिन्न जातीय पोशाकमा बालबालिका
तनहुँको घिरिङ गाउँपालिका–५ धेनुङस्थित कामधेनु माध्यमिक बिद्यालयको ५९औं बार्षिकोत्सब तथा नवनिर्मित भवन उद्घाटन समारोहमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नका लागि विभिन्न जातीय पहिचान झल्कने भेषभूषामा सजिएका बालबालिकाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ मंसिर २०८१, शुक्रबार ११:२३स्वास्थ्य स्वयंसेविकालाई सम्मान
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अबसरमा तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा उत्कृष्ट स्वयंसेविकालाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष होमबहादुर थापा । गाउँपालिकाले २७ जना स्वयंसेविका मध्ये उत्कृष्ट ५ जना हुमा थापा, दुर्गा माया थापा, चन्द्रकला थापा, बसन्ती दर्जी…
पुरा पढ्नुहोस -
२१ मंसिर २०८१, शुक्रबार ११:१९दमौली बजार क्षेत्रमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तारको काम अगाडि बढाईदै। मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले दमौली बजार क्षेत्रमा सडकको मध्येविन्दुबाट दायाँबायाँ २३/२३ मिटर भित्र छ लेनको सडक निर्माण गर्दै छ भने सडक सीमा क्षेत्रभित्रका भौतिक पूर्वाधार नहटाइदा फुटपाथ बनाउन समस्या देखिएको छ…
पुरा पढ्नुहोस -
२० मंसिर २०८१, बिहीबार १३:०५देवघाटमा उत्पादित तरुल खरिद बिक्री
तनहुँको देवघाटमा स्थानीय कृषकले उत्पादन गरेको तरुल खरिद बिक्री गरिदै । देवघाटधाममा आएका धार्मिक पर्यटकहरुले स्थानीयस्तरमा उत्पादित फलफूल तथा खाद्यवस्तु खरिद गर्ने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस