फाेटाे फिचर
-
१० आश्विन २०८१, बिहीबार १७:५४शिशुको स्वास्थ्य परीक्षणका लागि आएका आमाहरु
तनहुँको भिमाद नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा आफ्ना नवजात शिशुको स्वास्थ्य अवस्थाको परीक्षणका लागि आएका आमाहरु । नेपाल सरकारले बच्चा जन्मेपछी २४ महिना नपुग्दासम्म प्रत्येक महिना कम्तिमा एक पटक नजिकैको स्वास्थ्य संस्थामा लगेर तौल जोख्न पर्ने निर्देशिका बनाएको छ । यसो गर्नाले शिशुको समष्टिगत वृद्धि…
पुरा पढ्नुहोस -
९ आश्विन २०८१, बुधबार १३:५३खड्गदेवी मन्दिर परिसरमा सरसफाई
विश्व पर्यटन दिवसलाई लक्षित गरी तनहुँको बन्दीपुरस्थित खड्गदेवी मन्दिर परिसरमा बुधबार बिहान सरसफाई गरिदै । बन्दीपुर बजार क्षेत्रका पर्यटन व्यवसायी, वडा नं. २ का टोल विकास संस्था तथा स्थानीयहरुले बन्दीपुर अस्पताल, गुरुन्चेडाँडा, थानीमाया, खडगदेवी माइ मन्दिर लगायतका क्षेत्रमा सरसफाइ गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ आश्विन २०८१, मंगलवार १३:१४तनहुँको ऋषिङमा ब्यवसायिक स्ट्रबेरी खेती
तनहुँको ऋषिङ गाउँपालिका–७ पुरानोथोकमा गरिएको ब्यवसायिक स्ट्रबेरी खेती । गाउँपालिकाको कृषि शाखाको नेतृत्वमा पहिलो पटक स्ट्रबेरी खेती सुरु गरिएको हो । नेपालको सबै भुगोलमा लगाउन मिल्ने भएकाले कृषकको आर्थिक उपार्जनको स्रोत बनाउने उद्देश्यले यो खेती सुरु गरिएको स्थानीय युवा कृषक छेसाङ तामाङले बताए । तस्विर…
पुरा पढ्नुहोस -
८ आश्विन २०८१, मंगलवार १३:०४साराङ्गिको धुनमा गीत गाएर यात्रुलाई मनोरञ्जन दिंदै
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डमा सञ्चालन हुने सार्वजनिक बसमा यात्रुलाई साराङ्गी बजाएर र गीत गाएर मनोरञ्जन प्रदान गरी आर्थिक संकलनमा जुटेका गन्धर्व समुदायका युवाहरु । सूचनाको सहज पहुँच नहुँदा ग्रामीण क्षेत्रमा गीतका माध्यमबाट देश विदेशका सूचना जानकारी गराउने गन्धर्वको परम्परागत संस्कृति/पेशा लोप हुँदै गएपछि पछिल्लो समय केही…
पुरा पढ्नुहोस -
७ आश्विन २०८१, सोमबार १३:३६विद्यार्थीलाई टपरी बनाउने सीप
तनहुँको भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयका शिक्षकहरु विद्यार्थीलाई सालको पातबाट टपरी बनाउने सीप सिकाउँदै । विद्यालयले विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने उद्देश्यसहित टपरी बुन्ने तथा अन्य सीपमुलक शिक्षा सिकाउन थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ आश्विन २०८१, सोमबार १३:१९एकीकृत घुम्ति शिविरमा सेवा लिन आएका सेवाग्राही
तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. १ को बाख्रेमा आइतबार सञ्चालन गरेको एकीकृत घुम्ति शिविरमा सेवा लिन आएको स्थानीय सेवाग्राहीहरु । शिविरको पहिलो दिन स्वास्थ्य सेवा तर्फ १०४, अपाङ्गता परिचयपत्र २ जना, ज्येष्ठ नागरिक तर्फ २ जना, २९ जनाले दन्त सेवा, ग्रामीण भिडियो एक्सरे सेवा १…
पुरा पढ्नुहोस -
६ आश्विन २०८१, आईतवार १३:०१फेवातालमा पर्यटक
देशको पर्यटकीय राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा शुक्रबार डुङ्गा चढ्दै विदेशी पर्यटक । मनसुन कम हुँदै जाँदा पोखरामा पर्यटक आगमन सुरु भएको छ । तस्बिर : कृष्ण दवाडी/रासस
पुरा पढ्नुहोस -
४ आश्विन २०८१, शुक्रबार १२:५०आधुनिक खोरमा बाख्रापालन
तनहुँको ऋषिङ गाउँपालिका–५ राम्झाकोटमा रहेको नमूना स्मार्ट फार्मले आधुनिक र प्राविधिक तरिकाले व्यवसायिक रुपमा पालिएका बोयर जातका बाख्रापालन । फार्ममा जर्सी जातका गाई पनि पालिएका छन् । पालिकाको पशु शाखाले फार्ममै गएर बाख्रा तथा गाईको स्वास्थ्य परीक्षण र उपचार सेवा प्रदान गर्ने गरेको छ ।…
पुरा पढ्नुहोस -
३ आश्विन २०८१, बिहीबार १४:४१शुक्लागण्डकीमा नृत्य प्रतियोगिता
राष्ट्रिय शिक्षा दिवस–२०८१ का अवसरमा शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको माध्यमिक तह स्तरीय नृत्य प्रतियोगितामा आफ्नो प्रस्तुती दिंदै छात्राहरु । प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालय प्रथम भएको छ । दिवसका अवसरमा नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयहरुलाई सम्मान गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस