स्वास्थ्य/जीवनशैली
-
तनहुँमा आयुर्वेद सेवामा आकर्षण बढ्दै, गत आ.व.मा ३४ हजारले लिए उपचार सेवा
दमौली : प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ । चिकित्सालयले सो अवधिमा बहिरङ्ग (ओपिडी) सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसुत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको हो । कार्यालयका सूचना अधिकारी…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा सेवा विस्तार : थाइराइड परीक्षणदेखि निःशुल्क यातायातसम्म
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले सेवाग्राहीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण तथा यातायात सेवा विस्तार गर्ने भएको छ । अस्पतालले भदौ १ गतेदेखि थाइराइडसहित विभिन्न विशिष्टीकृत ल्याब परीक्षण सेवा सुरु गरेको छ भने अस्पतालसम्म आउन–जान सेवाग्राहीको सहजताका लागि ई–भी माइक्रो गाडी सञ्चालन गर्ने तयारीसमेत गरेको…
पुरा पढ्नुहोस -
तनहुँको आँबुखैरेनी अस्पतालमा अब ६ वटा डायलाइसिस मेसिनबाट सेवा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा थप एक थान डायलाइसिस मेसिन प्राप्त भएसँगै अब ६ वटा मेसिनबाट मिर्गौला रोगका बिरामीलाई हेमोडायलाइसिस सेवा उपलब्ध हुने भएको छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाले सञ्चालन गरेको आँवुखैरेनी अस्पताललाई थप एक थान डायलाइसिस मेसिन उपलब्ध गराएको हो । नयाँ मेसिन थपिएपछि नियमित हेमोडायलाइसिस आवश्यक पर्ने…
पुरा पढ्नुहोस -
गाउँमै अल्ट्रासाउन्ड सेवा, गर्भवती महिलालाई सहज
दमौली : ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती महिलालाई स्थानीय स्तरमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुन थालेपछि गर्भावस्थाको स्वास्थ्य परीक्षण सहज बन्दै गएको छ । टाढाका स्वास्थ्य संस्थामा पुगेर अल्ट्रासाउन्ड गराउनुपर्ने बाध्यता हटाउँदै तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ । गजुरे स्वास्थ्य चौकीमा सेवा सुरु…
पुरा पढ्नुहोस -
मधुमेह: पहिचान, रोकथाम र व्यवस्थापन
भूमिका मधुमेह (Diabetes Mellitus) विश्वभर तीव्र रूपमा बढिरहेको दीर्घकालीन चयापचयजन्य रोग हो । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मधुमेहले जनस्वास्थ्यमा ठूलो चुनौती सिर्जना गरेको छ । यो रोग शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा रगतमा ग्लुकोज (चिनी) को मात्रा बढ्ने…
पुरा पढ्नुहोस -
एआई प्रविधिमा आधारित छातीको एक्स–रे शिविर
तनहुँको भिमाद नगरपालिकाको आयोजना तथा जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र प्रदेश जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा भिमाद नगरपालिका–९ च्यानडाँडामा एआई -कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित निःशुल्क छातीको एक्स–रे परीक्षण शिविर सम्पन्न भएको छ। बिहीबार आयोजित शिविरमा लक्षित समूहका २७६ जनाको छातीको एक्स–रे परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। परीक्षणका क्रममा…
पुरा पढ्नुहोस -
सम्पादकीय : स्तनपान – स्वस्थ पुस्ताको पहिलो आधार
हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । यो केवल एक औपचारिक स्वास्थ्य अभियान होइन, भावी पुस्ताको स्वास्थ्य, बौद्धिक विकास र समृद्ध समाज निर्माणसँग जोडिएको विश्वव्यापी प्रतिबद्धता हो । यस वर्षको नारा æजीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँÆले पनि…
पुरा पढ्नुहोस -
विश्व स्तनपान सप्ताह : प्रदेश अस्पताल दमौलीमा जानकारीमूलक प्रदर्शनी
दमौली : विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा प्रदेश अस्पताल दमौली, तनहुँले स्तनपानको महत्व, आवश्यकता तथा आमा र शिशुलाई यसबाट हुने स्वास्थ्य लाभबारे जानकारी गराउने उद्देश्यले जानकारीमूलक प्रदर्शनी आयोजना गरेको छ । अस्पतालले विश्व स्तनपान सप्ताह (अगस्ट १–७/साउन १६–२२ गते)को अवसरमा ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालको अतिरिक्त समयको ओपीडी सेवा प्रभावकारी बन्यो, ४९.२५ प्रतिशतले लिए सेवा
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले सरकारी स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको विस्तारित निःशुल्क ओपीडी सेवा प्रभावकारी बनेको तथ्याङ्क सार्वजनिक गरिएको छ । अस्पतालले मिति २०८२ वैशाख १ गतेदेखि वर्षको ३६५ दिन बिहान ७ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएकोमा एक आर्थिक वर्ष पूरा हुँदा…
पुरा पढ्नुहोस -
भिमादको हुक्का डाँडामा आँखा शिविर : करिब ४०० जनाले लिए सेवा, १५ जनामा मोतियाविन्दु पहिचान
भिमाद : तनहुँको भिमाद नगरपालिका–१ हुक्का डाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । हुक्का मियाँ गाउँ मुस्लिम समाजले आयोजना तथा हिमालय आँखा अस्पताल, पोखरा घारीपाटनको प्राविधिक सहयोगमा बिहीबार सञ्चालन गरिएको शिविरमा करिब ४०० जनाले सेवा लिएका छन् । मदर्शा गौसिया आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा आँखाको परीक्षण, परामर्श तथा…
पुरा पढ्नुहोस