निजामती कर्मचारी संगठन तनहुँको अधिवेशन स्थगित

भञ्ज्याङ न्यूज

नेपाल निजामती कर्मचारी संगठन तनहुँको शनिबार हुने अधिवेशन स्थगित भएको छ । कोभिड-१९ को तेस्रो लहरको जोखिम बढेपछि संगठनको अधिवेशन स्थगित गरिएको बताइएको छ ।

नेपाल सरकार तथा स्थानीय प्रशासन समेतले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी २५ जना भन्दा कम संख्यामा उपस्थिति भई सभा सम्मेलन गर्न निर्देशन जारी गरेको र कर्मचारी पनि संक्रमित भई कार्यालयको सेवा प्रवाहमा समस्या देखिएकाले प्रस्तावित मितिमा अधिवेशन सम्पन्न गर्न नसकिएको संगठनका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए।

अध्यक्ष ठकुरीले विहीबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गरी उच्च मनोवलका साथ सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले महामारी कम हुँदै गएपछि अर्को मितिमा अधिवेशन गरिने जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker