नवौं संस्करणको व्यास नगर साइनिङ स्टारको उपाधि सदिक्षाले जितिन
भञ्ज्याङन्यूज

दमौली । जेसीआई व्यास नगरको नवौं संस्करणको ‘व्यास नगर साइनिङ स्टार’को उपाधि सदिक्षा रानाले जितेकी छन् । शुक्रबार राती भएको फाइनल प्रतिस्पर्धामा १९ जना प्रतिस्पिर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा आभा श्रेष्ठ फस्ट रनर अप र सदिक्षा थापा मगर सेकेन्ड रनर अप घोषित भएका छन् । उपाधि जित्न सफल रानाले नगद रु २५ हजार २३, फस्ट रनर अप श्रेष्ठले रु १५ हजार २३ र सेकेन्ड रनर अप थापाले रु १० हजार २३ नगद प्राप्त गरेका छन् ।
गत साउन १२ र १३ को अडिसनबाट २० बालबालिका प्रतियोगिताका लागि छानिएका थिए । उनीहरुलाई एक महिनाको तालिम दिइएको थियो । प्रतियोगितामा १०-१५ वर्षका बालबालिका सहभागी थिए ।
बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्दै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला, संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य सहित जेसीआई व्यास नगरले सन् २०१३ देखि साइनिङ स्टार आयोजना गर्दै आएको जेसीआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले बताए ।