दमौलीमा आयोजित नमस्ते देउराली कपको पहिलो चरण सम्पन्न

ब्यास ३ देउराली नगरमा शुक्रबारदेखि सुरु प्रथम नमस्ते देउराली कपको खुल्ला साबिक वडा तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको आइतबार प्रथम चरणका खेल सम्पन्न भएका छन् ।

आइतबार सम्पन्न सात खेलमा धनबास युवा क्लब, सिद्ध बाबा युवा क्लब, घिरिङ किरिया, रिसिङ युवा कल्याण, हिमचुली देभघाट, ठकुरी दर्शन युवा क्लब म्याग्दे बिजयी भएका छन् ।

सोमबारदेखि दोस्रो चरणको खेल सुरु हुने खेल सयोजक आनन्द आलेले जानकारी दियका छन् ।

कुल ३५ टिम सहभागी प्रतियोगिताको हाल सम्म १८ खेल सम्पन्न भएका छन् । प्रतियोगिताका बिजेता र उप बिजेताले क्रमश ४०/२० र १० पुरस्कार राशी सहितको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खेल गतिविधि मार्फत पनि ब्यास भुमिको प्रबर्द्धन गर्न प्रतिमा निर्माण स्थलमा प्रतियोगिता आयोजना गरिएको क्लबका बरिस्ठ सल्लाहकार रबिन पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker