व्यास नगरका १४ वटै वडामा रास्वपाले तोक्यो संयोजक, को-को भए संयोजक ?
भञ्ज्याङ न्यूज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यास नगरकाका १४ वटै वडामा वडा संयोजक तोकेको छ । नगर समितिको सोमबार बसेको बैठकले सबै वडामा संयोजक तोक्ने निर्णय गरेको हो ।
नगर सभापति चुडामणि दाहालले वडा संयोजक तोकी पार्टी संगठन विस्तार गर्ने निर्णय भएको बताए ।
बैठकले वडा नम्बर १ मा कोमलबहादुर जिसी, २ मा गौरीशंकर थापा, ३ मा करुण काफ्ले, ४ मा क्या. गोपाल गुरुङ, ५ मा दिनेश खनाल, ६ मा नगेन्द्र शर्मा ढुंगाना, ७ मा रोशन परियार, ८ मा सूर्यचन्द्र लम्साल, ९ मा सुवर्णभद्र आचार्य, १० मा पदमबहादुर दरै, ११ मा सुशील पौडेल, १२ मा बद्रीनाथ न्यौपाने, १३ मा मन्जु विक र १४ मा पुण्यप्रसाद भट्टराइ संयोजक तेकेको छ ।
बैठकले नगर सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारमा गंगाबहादुर जिसी, भीमलाल विक, एकराज तिवारी, झलकराज पौडेल र बुद्धिकुमार श्रेष्ठ छन् ।
यस्तै, बैठकले सूर्ज बहादुर केसी प्रमुख रहने गरी संगठन विभाग गठन गरेको छ । संगठन विभागको सदस्यहरुमा कृष्ण भन्द्र आचार्य, कृष्ण कार्की, बल बहादुर विक, रुद्र बहादुर कुंवर क्षेत्री रहेका छन् ।











