बन्दीपुर अस्पताललाई आवश्यक सहयोग गर्छु : मन्त्री पाठक

बन्दीपुर : गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालको निरीक्षण गरेका छन। शनिबार तनहुँको विभिन्न ठाउँमा  आयोजित कार्यक्रममा सहभागी हुन आएका स्वास्थ्यमन्त्री पाठकले अस्पतालको निरीक्षण गरी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य मन्त्री पाठकले अस्पतालमा आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए । बन्दीपुर अस्पताललाई आवश्यक भौतिक पूर्वाधार निर्माण आवश्यक जनशक्ति तथा प्राविधिक सामग्रीहरूहरुको लागि आगामी दिनमा आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गरिएको अध्यक्ष थापाले बताए ।
मन्त्री पाठकले बन्दीपुरमा स्वास्थ्य सेवाको स्तर उन्नतिको लागि आफू प्रतिबद्धता रहेको  बताए । उनले स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशमा सर्वप्रथम नीति संरचना र कानुनमा जोड दिएको बताउँदै उनले भने, ‘आफू पदका लागि मात्रै मन्त्री नभएको, काम गर्नकै लागि मन्त्री बनेको हुनाले स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्न लागिपर्छु ।’
२०२२ सालमा १५ शैय्या क्षमता सहित स्थापना भएको बन्दीपुर अस्पतालमा हाल २ जना डाक्टर सहित आँखा, दाँत लगायतको सेवा प्रवाह भइरहेको छ ।
यस्तै, बन्दीपुर गाउँपालिकाको वडा नं. १ डुम्रे बजारबाट पनि बन्दीपुर अस्पतालको सेवा लिन सकिने भएको छ । गाउँपालिका अध्यक्ष थापाका अनुसार बन्दीपुर अस्पतालको सेवा डुम्रे बजारमा विस्तार गर्न लागिएको हो ।
यस्तै मन्त्री पाठक शनिबारनै नेकपा एमाले बन्दीपुर गाउँ कमिटीद्वारा विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि भएका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य देबु बेष्ट, जिल्ला अध्यक्ष हरिराज कँडेल, उपाध्यक्ष राजेश्वर ढकाल, बन्दीपुर गाउँ कमिटी अध्यक्ष रवि श्रेष्ठ लगायत विभिन्न व्यक्तिहरूले शुभकामना व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker