रुघाखोकीमा प्राकृतिक उपचार

अहिले रुघाखोकी लाग्नसाथ मान्छेमा डर पैदा हुन्छ । उनीहरु आफैमाथि शंका गर्न थाल्छन्, “कतै कोरोना त लागेन ?”

कोरोनाको सुरुवाती वा साझा लक्षण हो, रुघाकोखी । जबकी अहिले चिसो मौसम सुरु भएको छ । चिसोमा पनि सामान्यत धेरैलाई रुघाखोकीले सताउने गर्छ । धेरैजसो अवस्थामा रुघाखोकी त्यती जटिल मानिदैन । केही समयपछि यो आफै निको हुन्छ । रुघाखोकीले सताएमा प्रशस्त तातो पानी, झोलयुक्त पदार्थ खाने र आरम गर्ने हो । यति भएपछि औषधि उपचारको जरुरत पर्दैन ।

यद्यपि बुढापाका, रोगी र बालबच्चालाई भने अलि बढी नै सताउने जोखिम पनि रहन्छ । चिसोको कारण उनीहरुलाई निमोनिया हुने खतरा रहन्छ । त्यसैले जाडो सुरु भएसँगै केही सावधानी अपनाउन जरुरी छ ।

रुघाखोकी लाग्नसाथ औषधि खोज्ने प्रवृत्ति पनि धेरैको हुन्छ । तर, सामन्य रुघाखोकीमा घरेलु ओखती नै काफी हुन्छ । त्यसैगरी रुघाखोकी लागेको बेला तातो पानीको बाफ लिनु सर्वोत्तम हो । यसले बन्द नाक खुल्छ, फोक्सोलाई पनि फाइदा गर्छ । बेला बेलामा तातो पानीको बाफ लिएमा रुघाखोकीको समस्याबाट चाडै छुटकारा पाइन्छ ।

यससँगै केही यस्ता ओखति पनि प्रयोग गर्न सकिन्छ, जो तपाईं-हाम्रो घरमा सजिलै उपलब्ध हुन्छ । जस्तो कि, तुलसी पानी । तुलसीको केही पातलाई पानीमा उमालेर सेवन गर्नुपर्छ । तुलसीको पात चपाउँदा पनि हुन्छ । त्यसो त तुलसी अन्य समस्याहरुमा पनि उपयुक्त हुन्छ । जाडोमा अक्सर रुघाखोकीसँगै ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीको सेवन उपयोगी हुन्छ ।

तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

यसैगरी मह र तातोपानी । मह मिसाएको तातो पानीले रुघामा धेरै राहत दिन्छ । त्यसैगरी बेसार र दुध । एक गिलास तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउनुपर्छ ।

अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दुध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ । अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठीक हुन्छ ।एजेन्सि

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker