कृषिका कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहका प्राविधिकसंग समन्वय

दमौली : कृषि विकास कार्यालय, तनहुँले स्थानीय तहका प्राविधिकहरूसँग समन्वयात्मक कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका कृषि कार्यक्रमको समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ का कार्यक्रम सार्वजनिक गर्दै कार्यान्वयनका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी गराए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँ, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतको कार्यक्रम कार्यान्वयन एकाइ गोरखा, व्यावसायिक किट विकास केन्द्र बन्दीपुर तथा कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा साना किसानको बागवानी सशक्तीकरण तथा प्रवद्र्धन अवधारणा, कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयन, स्थानीय तह तथा सम्बन्धित निकायबीचको आपसी समन्वय र आगामी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारले जानकारी गराए ।

कृषि क्षेत्रका कार्यक्रमलाई स्थानीय आवश्यकतासँग जोड्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहका प्राविधिक तथा सम्बन्धित निकायबीच नियमित समन्वय र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker