दमौलीमा रोटर्‍याक्टको दौड प्रतियोगिता हुने

रोटर्‍याक्ट क्लब अफ दमौलीले स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लबले फागुन १५ गते शनिबार १८औं स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिए ।

दमौली प्रशासन -अनसन) चोकबाट शुरु हुने दौड गल्बुवेशी, जलदेवी टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिनेछ । ९ किमि दूरीको दौड प्रतियोगिताका प्रथमलाइ रु १० हजार १०, द्वितीयलाई रु ८ हजार ८ र तृतीय हुनेलाई रु ६ हजार ६ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा ५० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भइ घाँसीकुवा पुगेर पुनः प्रशासनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि यस पटक दौडको रुट परिवर्तन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । छाब्दीबाराही मन्दिरको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पनि दौडले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

विगतका वर्षन्दा यस वर्षपुरस्कार राशि वृद्धि गरिएको रोटर्‍याक्ट क्लबका रोटर्‍याक्ट नेपाल जोन ३ का सचिव एवं कार्यक्रम संयोजक विशाल श्रेष्ठले जानकारी दिए । रोटर्‍याक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लबले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा रोटरी क्लवका अध्यक्ष दामोदर भण्डारी, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रदीप काफ्ले लगायतले सामाजिक काममा क्लबको योगदान उल्लेख्नीय रहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker