अर्थ
-
अर्थ
११ श्रावण २०८२, आईतवार १५:३६मूल बीउ उत्पादन गरिँदै
वालिङ (स्याङ्जा) : स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो । कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ श्रावण २०८२, आईतवार १५:३०स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
मुस्ताङ : मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ । झन्डै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० श्रावण २०८२, शनिबार १२:२८पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
गण्डकी : पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ श्रावण २०८२, शुक्रबार १३:१९मनसुन प्रतिकूल बन्दा : धान उत्पादन घट्ने चिन्ता
काठमाडौँ : नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ श्रावण २०८२, शुक्रबार १३:०८भानुमा व्यवसायिक किसानसंग “घर–गोठ भेटघाट कार्यक्रम”
भानु : तनहुँको भानु नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको संयोजकत्वमा पहिलो चरणमा वडा नं. ८, ९ र १० का किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा फर्म निरीक्षणमा केन्द्रित गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ श्रावण २०८२, बिहीबार १३:२५बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्र : कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !
दमौली : तनहुँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् । केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ श्रावण २०८२, बुधबार १३:४९कृषि ज्ञान केन्द्र तनहुँले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार
दमौली : जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो । केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ श्रावण २०८२, बुधबार १३:४२पर्यटक तान्दै चौरीखर्क
ढोरपाटन (बागलुङ) : रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ । हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ श्रावण २०८२, मंगलवार १४:०३देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौँ : यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ श्रावण २०८२, आईतवार १२:००तनहुँमा चैते धान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन
दमौली : तनहुँमा सञ्चालन भएको चैत धान प्रवर्द्धन आयोजनामार्फत एक वर्षमा एक हजार १७७ मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ श्रावण २०८२, शनिबार १२:४६हल गोरु पाल्ने म्याग्देका २७५ किसानले पाए अनुदान
तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ श्रावण २०८२, शनिबार १२:३९पोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको…
पुरा पढ्नुहोस